रुपन्देहीमा थपिए २५ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुधबार सबै भन्दा बढी सिद्धार्थनगर नगरपालिकामा १६ जनामा संक्रमण पुष्टि भएको छ ।बुधबार थपिएका संक्रमितहरुमा बुटवल उपमहानगरमा ६ जना, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका र सियारी गाँउपालिकामा १।१ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीको पछिल्लो तथ्यांक अनुसार ७६० जना जिल्लमा संक्रमित पुष्टि भएका छन् भने ३४६ जना कोरोना मुक्त भएर घर फर्केकाछन् । रुपन्देहीमा बुधबार सम्म ६ जनाको कारोनाका कारण मृत्यु भएको छ ।

 
 
  
 

You may also like