कोरोनाबाट भारतमा एकै दिन ९९६ जनाको मृत्यु, ६५ हजार संक्रमित

by समतल अनलाइन

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९९६ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ४९ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४९ हजार ३६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६५ हजार २ जना संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २५ लाख नाघेको छ । भारतमा कुल संक्रमित २५ लाख २६ हजार १९३ पुगेको छ ।यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म १८ लाख ८ हजार ९३७ जना ठिक भएका छन् भने ६ लाख ६८ हजार २२० कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २ करोड ८५ लाख ६३ हजार ९५ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ८ लाख ६८ हजार ६७० नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

 
 
  
 

You may also like