आजको मौसम : देशभर बदली, धेरै ठाउँमा ठूलो पानी पर्ने

by समतल अनलाइन

काठमाडौं। आज देशभरको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अबको तीन दिन पश्चिमका केही ठाउँमा ठूलो पानी पर्नेछ ।

पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिम नजिकै रहेकाले मध्य र पूर्वको तुलनाका पश्चिमका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

तुलनात्मक रुपमा प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा ठूलो पानी कम पर्नेछ । स्थानीय वायुको प्रभावले नजिकै कतै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न पनि सक्नेछ । यस्तै राति गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताए ।

अबको तीन दिन देशभरि मौसम पूर्णरुपमा नखुल्ने मौसमविद् श्रेष्ठको भनाइ छ । तर कतै एकैछिन घाम लागेपछि फेरि बादल लाग्ने उनले बताए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको २ दिनको मौसम पूर्वानुमान

साउन ३१ गते (शनिबार)

दिउँसो स् देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश , प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

राति स् देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

साउन ३२ गते ९आइतबार०

दिउँसो स् देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

राति स् देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

 
 
  
 

You may also like