चित्रकलाबाट चर्चा कमाएका गोकर्ण लागे कृषि पेसामा

by समतल अनलाइन

गुल्मी। गुल्मीको इस्मा गाउँ पालिका -३ दर्लामचौरमा यतिबेला तीन युवक प्रदेश न -५ लाई नै मासु तथा मासुजन्या वस्तुमा आत्मनिर्भर बनाउन लागिपरेका छन्। फार्मका प्रबन्ध निर्देशक २१ बर्सिय गोकर्ण नेपाली चित्रकलाको माध्यम बाट देशब्यापी रूपमा छुट्टै पहिचान बनाएका नेपाली प्रखर चित्रकार हुन, भने ब्यवस्थापक २८ बर्सिय नवलपरासी दुम्किवास भइ हाल गुल्मी निवासी सुनिल पौड्याल इन्डियन आर्मीको जागीर ड्रपर हुन, भने सचीवको जिम्मेवारी निभाएका २० बर्सिय लक्षमण चालिसे कलेज ड्रपर हुन।

 

योग्यताको हैसियतले यी तिनै जना राम्रो ठाउँमा जागिर खान सक्षम छन् तर उनिहरुले पितापुर्खाले अपनाएको कृषि तथा पशुपालन लाई मुख्य पेशा बनाउने निधो गरे । त्यस पछि सुरुभयो तीन `पागल युवाको´ यात्रा । ६ महिना अघि उनिहरु १८० रोपनी जग्गामा घाँस रोप्न सुरु गरे. समाजका लागि पागल भएको उनिहरु त्यतीखेर देखिनै हो। छोराहरुको कामबाट नाखुस बनेका अभिभावक र छिमेकीले पनि हप्काए ” बाख्रा भैंसी स्याहार्नु नै थियो भने किन यत्रो पढ्नुपरेको?” ती सबै का लागि उनिहरुको एउटै उत्तर थियो, `आम नेपाली युवाहरुलाई देशमै केही गर्न सकिन्छ भनेर आटभ रोशा बढाउन हामी शिक्षित युवाले कृषि गर्नुपर्ने भयो।´

त्यो सुनेर कोहि झन् रिसाउथे त कोही हास्दै बाटो लाग्थे । सबैले आलोचना गर्दा दुख गलानी महशुल हुन्थ्यो, भने अर्को तिर केहि नया गरेर देखाउन सक्छु भन्ने आत्मविश्वास हावी थियो। अन्ततः त्यसैले नै जित्यो। अहिले ८०० बाख्रा अट्ने प्रदेश न -५ कै मोडेल र आधुनिक बाख्रा फार्म निर्माणाधीन अवस्थामा छ। जसले बृड तथा मासुमा सिङ्गो प्रदेश लाई नै आत्मनिर्भर बनाउने छ। आफ्नो समाज लाई जागीर भन्दा ठुलो स्वरोजगारी हो भन्ने पाठ सिकाउन सफल उनिहरु यतिकैमा चुप लागेर बस्नेबाल छैनन् । उनिहरु पू्र्खाको परम्परागत पेशामा आधुनिक प्रविधि “केही नया र केही फरक ” जोड्ने कसरतमा छन् ।जसअनुसार wayroo एगृकल्चर फार्ममा २०००० माछा अट्ने माछा मोडेल पोखरि बनाइएको छ भने माछा पोखरी निर सुबिधा सप्पन्न रिसोर्ट `कटेज´ बन्दै छ जसलाई लक्षितिज गरेर कालिज, लोकल कुखुरा,हास, टर्की, माछा, रागा र बाख्रा राखिने छ ग्राहकले आफ्नो इच्छा अनुसार जुनसुकै पसुपन्छी प्रयोग गर्न सक्ने छन् ।

भने यता विभिन्न ३४ प्रजातिका उन्नत घाँसको नर्सरी तथा ब्यावसायिक खेती समेत द्रुत गतिमा भैरहेको छ जस घासले समग्र देशको माग लाई थेग्ने उनिहरुको अनुमान छ जसलाइ ध्यानमा राखी आर्को वर्ष ८० लाख घाँस को बिरुवा तयार हुँदै छ। निर्माणाधीन फार्मामा अहिले अप्रत्यक्ष रूपमा २० जनाले रोजगार समेत पाइरहेका छन् । भने पछिल्लो समय प्रविधि तथा मेसिनको को प्रयोग धेरै हुने भएकाले फार्ममा धेरै रोजगार सिर्जना हुनेछैन। उक्त फार्ममा जडित सिस्टमले एउटै ब्यक्तिले ५०० बाख्रा हेरचाह गर्ने छ। बाख्रा को जुतो फोरा गनले बगाउने छ भने, रेखदेख सिसिटिभी फुटेज द्वार गरिने छ । फार्म पुर्ण रूपमा संचालनमा आइसकेको पछि बार्सिक ९००० के.जि मासु उत्पादन हुने छ जस बाट त्यस क्षेत्रका धेरै मानिसले लाभ लिने छन् उनिहरुले सुनाए। लकडाउनले गर्दा रोकिएको फार्म अहिले धमाधम भैरहेको छ। उनिहरुले भने “अहिलेसम्म सम्म ४० लाख माथि लगानी भैसकेको र पूर्ण रूपमा निर्माण भैसक्दा करोड माथी पुग्ने अनुमान छ।”

अप्रत्यक्ष रूपमा नेपाल पोलिटेक्निक इष्टिचिउट बाट आइ.यश.एजि.भेट (कृषि ) पढेका संचालक गोकर्ण नेपालिका अनुसार नेपाल यस्तो आधुनिक फार्म कतै छैन। यस्तो फार्म बनाउन लागत बढी लागेता पनि आफ्नो सपना पूरा गर्न तिनै जना लागी परिरहेको उनिहरुले बताए । अन्त्यमा सन्चालक गोकर्ण नेपाली थपे ” गाउमा खुट्टा तान्ने प्रवृत्ति हावी छ, म सबै लाई आग्रह गर्न चाहन्छु हामी कसैलाई दुख दिन, कसैको केही बिगार्न हैन यो ठाउँ लाई समुन्नति तर्फ अग्रसर गराइ यो ठाउँमा समृद्धि को मार्ग चित्र कोर्न आएको र यो कुरा सबैले बुझ्नु पर्ने बताए ।

 
 
  
 

You may also like