विष्णु घिमिरे
बुटवल।रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसले प्रदेश ट्राफिक कार्यलय बुटबलमा माक्स र सेनेटाइजर बितरण गरेको छ । कोभिड १९ को महामारीले सुरक्षामा जोखिम बढ्दै गएको महशुस गरी माक्स र सेनेटाइजर वितरण गरिएको क्लबका अध्यक्ष रमेश ढकालले बताउनुभयो ।
कार्यक्रममा रोटरी डिष्ट्रीकका पोलियो चेयर राजेन्द्र ढकालले रोट्रयाक्ट क्लव अफ बुटबल रामापिथेकसले स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताउनु भयो । कोभिड १९ को महामारीबाट जोगिन सहज होस भन्ने उद्देश्यले सुरक्षा कर्मीहरुलाई माक्स, सेनेटाइजर वितरण कार्यले समाजमा सकरात्मक सन्देश जाने बताउनुभयो ।
प्रदेश ट्राफिक कार्यलयका प्रहरी नायक उपरिक्षक डिल्ली नारायण पाण्डेले सुरक्षाकर्मीमाथि हुने जोखिलाई मासक र सेनीटाइजरले केही सहयोग पराउने बताउनुभयो । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसका संस्थापक अध्यक्ष सरोज पोखरेल, पूर्व अध्यक्ष साजन भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो । रमेश ढकालको अध्यक्षयता, क्लवका उपाध्यक्ष निरज आचार्यको स्वागत र सचिव योगेन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको हो ।