अबैध चल्लाहरु पशु क्वारेन्टाइन चेकपोस्ट बेलहियाद्वारा नष्ट

by समतल अनलाइन

भैरहवा। पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियाले आ. ब. २०७७र०७८ को श्रावण महिनामा मात्र अबैध रुपमा नेपाल भित्राउन लागेका १६,५०० चल्ला नष्ट गरेको छ ।

श्रावण महिनाको ३ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देही ९अपराध अनुसन्धान शाखा० बाट खटिएको प्रहरी अधिकृतको टोलीद्वारा समातिएको १०,००० चल्ला, २१ गते सशस्त्र प्रहरी बल २७ न. गण हेडक्वाटर, रुपन्देही बाट खटिएको अनुगमन टोलीद्वारा समातिएको ४,००० चल्ला तथा २३ गते सशस्त्र प्रहरी बल नेपाल, बि. ‍ओ. पी. पजरकट्टी द्वारा समातिएको २,५०० चल्ला नष्ट गरिएको पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियाका क्वारेन्टाइन अधिकृत डा।

शिव लाल भुसालले जानकारी दिएका छन् । त्यस्तै यही महिनामा विभिन्न मितिमा गरि ८१६ वटा तयारी कुखुरा तथा ६० के जी मासु नष्ट भएको छ गत आर्थिक बर्ष ०७६र०७७ मा अबैध रुपमा समातिएका ६८९० चल्ला ६५५ के। जी। कुखुराको मासु ६,४११ वटा तयारी कुखुरा १८० गोटा अण्डा तथा १०५ के. जी. माछा नष्ट भएको चेकपोष्ट प्रमुख डा. भुसालले बताएका छन् ।

गत आर्थिक बर्ष श्रावणमा ४,३८० चल्ला तथा ६८३ वटा कुखुरा नष्ट भएकोमा यो बर्षको श्रावण २६ गते सम्ममा मात्र चल्ला नष्ट १२,१२० तथा कुखुरा नष्ट १३३ ले बृद्दि भएको हो । तस्करहरुले भारतमा सस्तो मूल्यमा कुखुरा तथा चल्ला खरिद गरि लुकिछिपी रुपमा नेपाल भित्राउने र बिक्री गर्ने गर्दछन् ।यो कानुनी रुपमा प्रतिबन्धित छ ।यसले गर्दा नेपालमा भएका ह्याचरीले उत्पादन भएका चल्ला तथा किसानले उत्पादन गरेका कुखुराले राम्रो बजार भाउ पाउँदैनन् । यसरी समातिएका तस्करहरु प्रायस् गरेर १५ देखि ३० बर्ष उमेरका र धेरैजसो स्कूलमा पढने विद्यार्थी रहेका छन् ।आर्थिक प्रलोभनमा परि उनीहरुले यस किसिमका कार्य गरेको बयानमा बताएका छन् ।

तस्करहरुबाट मात्रै गतः आर्थिक बर्ष ०७६र०७७ को श्रावण महिनामा चेकपोष्टमा आए पश्चात दण्ड जरिवाना बापत उक्त आर्थिक बर्षमा रु ४,९०,०००र ९चार लाख नब्बे हजार रुपैया० सङ्कलन गरेको उनले जानकारी दिए ।जिल्लाको मिउडिहवा, पिपरहवा, शंकरपुर, लुम्बिनी, मर्चवार, कदमहवा, कालीदह, मैनिहवा, बगाहा, ‌ओडलिया तथा बोगडी क्षेत्रबाट धेरै तस्करी हुने भएकाले विशेष निगरानी बढाइएको छ ।जिल्लामा खुला सिमाना रहेको र जुनसुकै समयमा पनि पशु तथा पशुजन्य पदार्थको तस्करी हुन सक्ने हुँदा चेकपोष्टले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका साथै सिमामा रहेका सुरक्षा निकायस सशस्त्र प्रहरी बल २७ न। गण हेडक्वाटरस रुपन्देही, सशस्त्र प्रहरी बल ३८ न. गण गुल्म रुपन्देही, ईलाका प्रहरी कार्यालय बेलहिया, ईलाका प्रहरी कार्यालय धकधई, सशस्त्र प्रहरी बल नेपालस बि। ‍ओ। पी। पजरकट्टी, ईलाका प्रहरी कार्यालय मझगवा, तथा सिमा प्रहरी चौकी कदमहवा संग समन्वय गरि तस्करी नियन्त्रण गर्ने गरेको छ ।

यसका साथै नेपाल ह्याचरी उद्योग संघस बाग्मती प्रदेश, नेपाल ह्याचरी उद्योग संघस प्रदेश न ५, कुखुरा ब्यवसायी संघ, रुपन्देही तथा मासु ब्यवसायी संघ, रुपन्देही संग सहकार्य गरि अबैध ओसारपसार नियन्त्रण तथा निरुत्साहित गर्दै आएको छ ।

 
 
  
 

You may also like