नेपालमा थप ६३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार ९४८ पुग्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ६३८ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ६३८ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार २०१ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७१ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १६ हजार ६६४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६९।६ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा १० हजार ४६२ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ४ लाख ६२ हजार ६९८ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै अहिले देशभरमा १० हजार ७५९ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार २०१ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ६ जिल्ला कोरोना मुक्त भएका छन् । जसमा खोटाङ, धनकुटा, मनाङ, मुस्ताङ, डोल्प्पा र हुम्ला रहेका छन् ।

अहिले नेपालमा आइसीयुमा रहेका विरामीको संख्या ८५ छ भने भेन्टिलेटरमा रहेका विरामीको संख्या ३ जना रहेका छन् ।

काठमाडौँका ११० सहित उपत्यकामा जना १३४ संक्रमित थपिए

काठमाडौँ उपत्यकामा आज पनि थप १३४ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप १३४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

नयाँ संक्रमितमा काठमाडौँका ११० जना, ललितपुरका १४ जना र भक्तपुरका १० जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like