६० वर्षे कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

धनुषा।प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत कोरोना संक्रमित ६० वर्षे पुरुषको मृत्यु भएको छ । आईसीयूमा उपचाररत विदेह नगरपालिका–८ का उनको गएराति मृत्यु भएको हो ।उनको उपचारकै क्रममा मृत्यु भएको जानकारी आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।१८ दिन अघि अस्पताल भर्ना भएका उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। क्षयरोग पीडित उनको उपचारकै क्रममा गएराति मृत्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा।जामुनप्रसाद सिंहले जानकारी दिए ।

कुनै ट्राभल हिस्ट्री नभएका उनमा कोरोना संक्रमण पुष्टि भएपछि धनुषामा कोरोना समूदायस्तरमै फैलिएको अनुमान गर्न सकिने प्रजिअ भट्टराईले बताए ।

योसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। त्यस्तै, देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ। उनको मृत्युको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारिक पुष्टि गर्न बाँकी छ ।

मृतकको शव अस्पताल मै राखिएको छ । सुरक्षाकर्मीको टोलीले शवको व्यवस्थापन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

 
 
  
 

You may also like