बच्चालाई जित्न मात्र होइन, हार्न पनि तयार राखौं

एक बच्चा थिए, आज्ञाकारी र मेधावी । पढाईमा सधै अब्बल । विज्ञानमा उनले सतप्रतिशत अंक हासिल गरे । जिन्दगीभर उनी दोस्रो भएनन् । हरेक परीक्षामा प्रथमका प्रथम हुँदै गए ।

उनी इन्जिनियर बन्न चाहन्थे । इन्जिनियरिङको पढाई पनि उसैगरी पुरा गरे । पढाई सक्दा नसक्दै उनलाई जागिरको अफर आउन थाल्यो । उनले लोभलाग्दो जागिर सुरु गरे र त्यहाँ पनि निरन्तर पदोन्नती हुँदै गए ।उनको आकर्षक तलब थियो, सम्पूर्ण सेवा सुविधा पनि पाएका थिए । आफ्नै कमाईबाट उनले घर, गाडी सबैथोक जोडे । राम्रै खानदानकी युवतीसँग विवाह गरे । उनीसँग अब के बाँकी थियो रु सबैकुरा पुगिसरी थियो । धन, दौलत, वैभव, प्रतिष्ठा, आकर्षक श्रीमती, सुखी परिवार सबै । उनीसँग दुःख र अभाव केही थिएन ।

सरसर्ती हेर्दा उनमा कुनै कमी देखिन्छ रु पक्कै देखिदैन । सबैकुराले भरिपूर्ण देखिन्छ । तर, केही बर्षपछि उनले आत्महत्या गरे । आफु मात्र होइन, श्रीमती र बच्चासहित संयुक्त आत्महत्या गरे । आखिर गडबडी कहाँ भयो रु उनी किन परिवारसहित आत्महत्या गर्ने मोडमा पुगे रु

मृतकले सुसाइट नोट छाडेका थिए । अचम्मलाग्दो त के भने, सुसाइट नोटमा उनले आफुहरुले खुसीसाथ यो बाटो रोजेको बताएका थिए । श्रीमतीसँग सल्लाह गरेरै सामूहिक आत्महत्या गरेको उनको खुलासा थियो । आखिर किन यस्तो परिस्थिती आइलाग्यो रु

खासमा उनले जुन ठाउँमा रोजगारी गरिरहेका थिए, त्यहाँ आर्थिक मन्दी सुरु भयो । आखिरमा उनको जागिर गयो । उनले आफ्नो पारिश्रमिक घटाएर अर्को जागिर खोजे । तर, पाएनन् । रोजगारी गुमेपछि आफुले आर्जन गरेको धन सम्पति सकिदै गयो । उनी सडकमा आउने स्थितिमा पुगे ।

तर, यो स्थिति आउनुअघि नै उनले यी सम्पूर्णबाट मुक्तिको बाटो रोजे । अर्थात परिवारसहित सामूहिक आत्महत्या गरे ।

यस प्रसंगले के कुरा स्पष्ट गर्छ भने ति व्यक्तिले सधै सफलता हासिल गरे । उनले जीवनमा हरेक कुरा जित्दै गए । उनी हरक्षण सफलताकै लागि तयार भए । तर, असफलताको सामना कसरी गर्ने रु उनले सिकेनन् ।

हामी अहिले आफ्ना बालबच्चालाई सफलताका लागि प्रेरित गर्छौं । परीक्षामा धेरै अंक हासिल गरेको हेर्न चाहन्छौं । खेलकुदमा जितेर ट्रफी, मेडल ल्याएको हेर्न चाहन्छौं । पढाई, करियर कुनैपनि कुरामा ठेस नलागोस् । निरन्तर अगाडि बढिरहोस् भनेर कामना गर्छौं । त्यही अनुसार हामीले बालबच्चालाई सधै अगाडि बढ्न र सफल हुनका लागि भनिरहेका हुन्छौं ।

प्रगति गर्नु, सफल हुनु पक्कै नराम्रो होइन । तर, जीवनमा सधै र सबै कुरामा सफलता मात्र हासिल हुँदैन । धेरै कठिनाईसँग जुध्नुपर्ने हुन्छ । असहज परिस्थितीहरु झेल्नुपर्ने हुन्छ । असफलताको सामना गर्नुपर्ने हुन्छ । सफलताको उन्मादमा रमाइरहेकाहरुले जीवनमा आइपर्ने यस्ता समस्यालाई सहजै लिन सक्दैनन् । उनीहरु यसबाट नराम्ररी विचलित हुन्छन् । अब के गर्ने रु असहज स्थितिलाई कसरी सम्हाल्ने उनीहरुले भेउ पाउँदैनन् । आखिरमा उनीहरु खराब बाटो रोज्न तयार हुन्छन् ।

त्यसैले बालबच्चा हुर्काउने क्रममा उनीहरुलाई हार्न पनि सिकाउनुपर्छ । उनीहरुलाई सधै सहज वातावरणमा मात्र रमाउन दिनु हुँदैन । असहज परिस्थितीहरुमा आफुलाई सम्हाल्न पनि सिकाउनुपर्छ । कतिपय कुरा आमाबुवाले जानीबुझी नै गर्नुपर्छ, जसबाट उनीहरुले जीवनोपयोगी पाठ सिक्न सक्छन् । ( अनलाईनखबरबाट )

 

 
 
  
 

You may also like