भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना

काठमाडौं।भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना भएको छ।दुवईबाट आएको उक्त विमान केरलाको कोझिकोड विमानस्थलमा शुक्रबार साँझ दुर्घटनामा भएको हो।

उक्त विमानमा १९१ यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उद्दारकार्य जारी रहेको छ ।क्षतिको विवरण भने आइसकेको छैन। केही व्यक्तिहरुलाई उपचारको लागि अस्पताल लगिएको बताइएको छ।

भारी वर्षाका कारण अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको बताइएकाे छ।दुर्घटनापछि विमान दुई टुक्रा भएकाे छ।

 
 
  
 

You may also like