भारतको केरलामा भीषण पहिरो स् १५ को मृत्यु, ६० बेपत्ता

नयाँदिल्ली । भारतको केरला इडुक्की जिल्लामा भीषण पहिरो गएको छ । सो पहिरोमा परी १५ जनाभन्दा बढीको मृत्यु भएको बिबिसीले जनाएको छ ।पहिरोमा पुरिएर थप ६० जना बेपत्ता छन् । १५ जनाको मृत्यु पुष्टि भइसकेको छ भने ५० जनाको उद्धार गरिएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनामा दुःख प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्रीले मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार दिने घोषणा गरेका छन् ।

पहिरोले पुरेर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको जनाइएको छ । कामदारको आवास भवनलाई पहिरोले क्षतीग्रस्त बताएको जनाइएको छ ।बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि ५० सदस्यीय एउटा टोली खटिएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारका लागि राजमालामा राष्ट्रिय प्रकोप व्यवस्थापन फौजबाट पनि अर्को टोली खटिएको छ ।अत्यधिक बर्षाका कारण भारतको केरला क्षेत्रका धेरै ठाउँ प्रभावित भएको छ । कतिपय ठाउँमा बाढी पहिरोले मानवीय क्षति नै गराएको छ भने कतिपय ठाउँमा लाखौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

 
 
  
 

You may also like