पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं ।पाटन अस्पतलामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले थप एकजना कोरोना संक्रमितको मृत्यु भएको खबरहबलाई बताए ।डा शर्माका अनुसार आज सुनौलीकी ४१ वर्षकी एक महिलाको मृत्यु भएको हो । ती महिलामा साउन १९ गते कोरोना पुष्टि भएको थियो । उनी पाटन अस्पतालको आइसियुमा उपचार थिइन् ।

यसअघि पाटन अस्पतालमा बिहीबार राति एकजना कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको थियो ।

दुबै शव अस्पतालमै रहेको डा शर्माले बताए । दुवै जनाको शव आज बेलुकासम्म नेपाली सेनाले कोभिड १९ शब व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापन गर्ने डा शर्माको भनाइ छ ।

“हाम्रो अस्पतालमा हिजो राति र आज गरी एक महिला र एकजना पुरुषको मृत्यु भयो, उहाँहरू दुवैजना कोरोना संक्रमित आइसियुमा उपचार हुनुहुन्थ्यो,” डा शर्माले भने, “उहाँहरु दुवैको शव अहिले अस्पतालमै छ । आज बेलुका सम्ममा शव व्यवस्थापन हुन्छ होला ।”

 
 
  
 

You may also like