संस्थागत विद्यालय शिक्षक युनियन(इज्टु)काे अध्यक्षमा श्रेष्ठ

बुटवल ।संस्थागत विद्यालयका शिक्षकहरुकाे संगठन,संस्थागत विद्यालय युनियन (इज्टु)रुपन्देहीको अध्यक्षमा सुदिप श्रेष्ठ चयन हुनुभएको छ ।
शनिबार बुटवलमा भएकाे साताैँ अधिवेशनबाट निर्विरोध रुपमा श्रेष्ठ चयन हुनुभएको हाे ।

अभिभावक संघका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष लेखनाथ ज्ञवालीकाे प्रमुख अाथित्यता,तुलसी सापकोटाकाे विशिष्ट अाथित्यता, विष्णु ढकाल,राजेश्वर भण्डारीकाे अाथित्यमा भएकाे कार्यक्रममा उपाध्यक्ष तारा खनाल,सचिव महेश खनाल,सह सचिवमा मेघराज अर्याल,काेषाध्यक्षमा दिपक खरेल,सदस्यहरुमा गणेश चाैधरी,अाशिषलम्साल,छवि श्रिष,गाेविन्द रसाइली,राजकुमार पाण्डे,अमित राना,संकर सुनार,लक्ष्मी बस्याल,के.डी ज्ञवाली,राजेश्वरी तिवारी,नितु भण्डारी लगायतका सदस्यमा चयन हुनुभएको छ ।

 

कार्यक्रममा बाेल्दै नवनिर्वाचित अध्यक्षले अाफूहरु समग्र निजी क्षेत्रका विद्यालयहरुकाे विकासका लागि भएकाे प्रस्ट पार्नु भयाे ।
निर्वाचित सम्पुर्ण समितिले सम्पूर्ण शिक्षकहरुकाे हितकाे रुपमा अाफुहरु लाग्ने प्रतिबद्धता समेत जायर गर्नुभएको छ ।

 
 
  
 

You may also like