पछिल्लो २४ घन्टामा विश्वमा थपिए दुई लाख ९२ हजार कोरोना संक्रमित 

काठमाडौं। पछिल्लो २४ घण्टामै विश्वभर दुई लाख ९२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार मात्रै विश्वभर २ लाख ९२ हजार ५२७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका हुन् । अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा धेरै सङ्क्रमित थपिएका संगठनले जनाएको छ । ६ हजार ८१२ जनाको भने ज्यान गएको छ ।

यसअघि गएको ९ गते २ लाख ८४ हजार भन्दा धेरै नयाँ सङ्क्रमित थपिएका थिए । हिजो मात्रै ब्राजिलमा सबैभन्दा धेरै ६९ हजार ७४, अमेरिकामा ६५ हजार ४०६, भारतमा ५५ हजार ७८, दक्षिण अफ्रिकामा ११ हजार ४६ र कोलम्बियामा हजार ६७० जना थपिएका डब्लूएचओले जनाएको छ ।

डब्लूएचओका अनुसार अहिलेसम्म कोरोना सङ्क्रमणका कारण अमेरिकामा १ लाख ५३ हजार, ब्राजिलमा ९२ हजार, मेक्सिकोमा साढे ४६ हजार, बेलायतमा ४६ हजार, भारतमा साढे ३५ हजार, इटालीमा ३५ हजार, फ्रान्समा ३० हजार र स्पेनमा २८ हजारको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

वल्र्डओमिटरका अनुसार विश्वभर अहिलेसम्म एक करोड ७७ लाख कोरोनाका सङ्क्रमित छन् भने ६ लाख ८२ हजार जनाको ज्यान गएको छ । एक करोड ११ लाख भने उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ५९ लाखमध्ये एक प्रतिशत अर्थात साढे ६५ हजारको अवस्था जटिल भए पनि बाँकी ५८ लाखको अवस्था सामान्य छ । एजेन्सी

 
 
  
 

You may also like