चरित्र हत्या र भ्रम सिर्जना नगर्न आग्रह

बुटवल। बुटवलको लुम्बिनी सिटी अस्पताल तथा मेडिकल साइन्सेज प्रालिले व्यक्ति र संस्थाको चरित्र हत्या र जनमानसमा भ्रम सिर्जना नगर्न सञ्चारमाध्यमसंग आग्रह गरेको छ ।

एक अनलाइनले साउन १३ गते अस्पताल प्रशासन,डाक्टर र फार्मेसी सञ्चालकलाई जोडेर प्रकाशित गरेको समाचारमा अस्पताल र सम्बन्धित व्यक्तिहरुसंग कुनै प्रतिक्रिया नै नलिई एकतर्फी र चरित्र हत्या गर्ने मनसायले लेखिएको दावी गरेको छ ।

अस्पताल प्रशासन प्रमुख लोकनाथ भुसाल,न्युरो सर्जन डा. सुदिपराज सिंह र फार्मेसी सञ्चालक बसन्त जीसीको हस्ताक्षरमा जारी संयुक्त विज्ञप्तिमा सत्य तथ्य विपरित अस्पताल सञ्चालकहरुमाथि सत्य तथ्य विपरित लाञ्छना लगाएर अपहेलना गरिएको उल्लेख छ । अस्पतालमा लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासको ५० प्रतिशत स्वामित्व कायमै रहेको विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।

विज्ञप्ति:

 

 
 
  
 

You may also like