भारतले मिचेको भूमि फर्काउन सिंगो देश एक ढिक्का हुनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाण्डाै । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले अतिक्रमण गरेको जमिन फर्काउन सिङ्गो देश एक ढिक्का हुनु पर्ने बताउनु भएको छ ।मदन भण्डारी फाउण्डेशन काभ्रेलाञ्चोकले गरेको जिल्ला भेलालाई बनेपामा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले एकताबद्ध भएर वार्ताको टेबुलबाट तथ्य, प्रमाणहरू सबै राखेर आफ्नो स्वामित्वलाई फर्काउनुपर्ने बताउनु भएको हो ।

वास्तविक नक्सा मात्र बनाएर मात्रै नहुने भन्दै उहाँले जमिन फर्काउन भने जस्तो सजिलो नभएको पनि बताउनुभयो ।उहाँले सिङ्गो देश एकताबद्ध भएकाले मात्रै नेपालको नयाँ नक्सा जारी भएको पनि स्मरण गर्नुभयो ।

 
 
  
 

You may also like