70
एजेन्सी। भारतमा कोरोना संक्रमितको संख्या शनिबारसम्म १३ लाख ३६ हजार आठ सय ६१ पुगेको छ ।पछिल्लो २४ घण्टामा ४८ हजार नौ सय १६ जनामा कोरोना पुष्टि भएको भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।
संक्रमितको संख्या बढे पनि निको हुने पनि धेरै छन् । आठ लाख ४९ हजार चार सय ३१ जना निको भइसकेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमित भने चार लाख ५६ हजार ७१ जना छन् ।हालसम्म भारतमा संक्रमणबाट ३१ हजार तीन सय ५८ जनाले ज्यान गुमाएका छन् ।
भारतको महाराष्ट्र राज्य संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ तीन लाख ५७ हजार जनामा संक्रमण पुष्टि भएको छ ।त्यसैगरी तमिलनाडुमा एक लाख ९९ हजार सात सय ४९ र दिल्ली राज्यमा एक लाख २८ हजार तीन सय ८९ जना संक्रमित भएका छन् ।