काश्मिरमा पाकिस्तानी सेनाको गोलि लागि गुल्मीका गोर्खा सैनिकको मृत्यु

एजेन्सी । भारत–पाकिस्तानको सीमामा एक जना गोर्खा आर्मी मारिएका छन् । भारत–पाकिस्तान सीमा जम्बु काश्मिरमा एक जना नेपाली गोर्खा आर्मी मारिएको भारतीय सेनाले जनाएको छ ।

शुक्रबार राति १ बजे जम्बु काश्मीरको लाइन अफ् कन्ट्रोल(एलओसी) क्षेत्रमा भएको गोलाबारीमा गुल्मी स्थायी घर भएका हवलदार सम्बर गुरुङको मृत्यु भएको हो ।
पाकिस्तानी सेनाको गोली लागेर घाइते भएका गुरुङको उपचारका क्रममा क्रममा मृत्यु भएको हो ।भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आनन्दले गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक भएको उल्लेख गरेका छन् । ‘उनको कतर्व्य पालनाका क्रममा गरेको उच्च बलिदानीको मुलुक सधैं ऋणी रहनेछ’, उनले भनेका छन् ।

 
 
  
 

You may also like