डोटीमा पहिरोले जीप पुर्‍यो

काठमाडौं ।डोटी जिल्लाको केआईसिंह गाउँपालिका–५, रामन्वाला जाजरमा पहिरोमा पुरिएर जीप दुर्घटनाग्रस्त बनेको छ । बिहीवार राति गाउँपालिकाबाट दिपायल जाँदै गरेको से १ च २१२५ नम्बरको जीप पहिरोमा च्यापिएको हो ।

यात्रुहरु पुर्‍याएर फर्केको जीप सडकमा ढुंगा खसेको देखेपछि चालक योगेन्द्र साउदले रोकेका थिए । चालक ढुंगा फाल्न जीपबाट झरेका बेला जीपमा पहिरो खसेको हो ।

जीपमा चालक एक्लै रहेका कारण र थप मानवीय क्षति हुने नपाएको बताइएको छ । चालक साउदको डोटी राजपुरस्थित सुजुङ अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like