म्याग्दीको बाढी–पहिरोमा परी एकको मृत्यु, ३२ जना बेपत्ता

म्याग्दी। अविरल वर्षाका कारण म्याग्दीका विभिन्न स्थानमा बाढी तथा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने ३२ जना बेपत्ता भएका छन् ।

बिहीबार राति विभिन्न स्थानमा आएको बाढी तथा पहिरोमा परी ३२ जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डीएसपी चिरञ्जन कुँवरले जानकारी दिएका छन् ।

‘३३ जना बेपत्ता भएकोमा एक जनाको शव भेटिएको छ,’ डीएसपी कुँवरले भने, ‘अन्य ३२ जनाको खोजी भइरहेको छ । उनका अनुसार शव भेटिएका व्यक्तिको नाम ललिमान छन्त्याल हुन् । ५० वर्षीय उनी रघुगंगा गाउँपालिका–६ का बासिन्दा हुन् ।

 
 
  
 

You may also like