लकडाउनको समयमा माउन्ट एभरेष्ट तेक्वोन्दोलाई दोहोरो सफलता

बुटवल । विश्वभर कोरोना वाइरस (कोभिड १९ ) को समस्या जारी रहेकै बेला अमेरिका स्थित इन्टरनेशनल तेक्वान्दो फ्रेन्डशिप च्याम्पियनशिप (आइओएफटिसी)ले आयोजना गरेको कोभिड अन्तर्राष्ट्रिय भिडियो पुम्से च्याम्पियनशिप २०२० मा माउन्ट एभरेष्ट अकडेमी पुल्चोक बुटवल का ८ सहभागी मध्ये ६ जनाले पदक जितेका हुन । जस मध्ये २ जनाले स्वर्ण, २ जनाले रजत र २ जनाले काश्य पदक जितेका छन ।

एक साता अघि पठाइएको भिडियोको नतिजा आज प्रकाशित भए अनुसार बुटवल का राष्ट्रिय तेक्वान्दो खेलाडी एवम प्रशिक्षक सुरज श्रेष्ठ ले सञ्चालन गरेको माउन्ट एभरेष्ट तेक्वोन्दो अकडेमी का खेलाडिहरु अर्पना भटराई तथा खुसी बराल ले स्वर्ण पदक जितेका हुन । उनीहरुले आफ्नो उमेर समुह र वेल्टमा स्वर्ण पदक जितेका हुन ।

यसै गरि आयान कार्की र आशिश भटराई ले रजत तथा सुहासी श्रेष्ठ र सरुन रजक् ले पनि आफ्नो उमेर समुह मा काश्य पदक जित्न सफल भए । प्रतियोगितामा विभिन्न १६ देशका खेलाडीको सहभागिता भएका मध्ये नेपालका १ सय १ जना खेलाडी सहभागी भएका थिए ।
यसै गरी २०२० जुलाई ३ देखी ५ लण्डन मा भएको वर्चुअल रेन्ज ओपेन पुम्से च्याम्पियनशिप मा भएको माउन्ट एभरेष्ट का तीन जना खेलदी हरु मध्ये आशिश भट्टराइ ले अन्डर १४ पुम्से तर्फ तेस्रो स्थान हसिल गर्न सफलता छन |अन लाइन भिडियो मार्फत भाग लिएइयेका उक्त प्रतियोगिता हरु मा लक डाउन को कारण ले गर्दा बढी भन्दा बढी खेलाडिहरु लाई प्रतियोगिता मा समाबेश गर्न नसकिएको तर पनि थोरै सहभागी खेलाडी हरु बाट आएको उत्कृष्ट परिणाम् ले आफ्नो क्षेत्र र देश को नाम राख्न सफल हुँदा भबिस्य मा अझ राम्रो गर्ने हौसला मिलेको जानकारी प्रशिक्षक श्रेष्ठ ले दिनु भयो !

 
 
  
 

You may also like