ईन्नरब्हिल बुटवलको अध्यक्षमा जाेशी

बुटवल । ईन्नरब्हिल क्लब अफ बुटवलको वर्ष २०२० र २०२१ को अध्यक्ष पदमा निर्वाचित शोभा जोशीसहितको नया कार्यसमितिले सोमबार एक कार्यक्रमकावीच पदभारग्रहण गरेको छ । क्लबको १७ औ पद हस्तान्तरण तथा १८ औ स्थापन दिवश कार्यक्रम अन्तरगत सम्पन्न कार्यक्रममा जोशीले वर्ष २०१९ र २०२० का अध्यक्ष प्रमिला श्रेष्ठबाट पदभार गरेकी हुन । सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष जोशीले क्लबको नियमित कार्यक्रम बाहेक आफ्नो कार्यकालमा थप नया कार्यक्रमहरु गर्ने प्रतिवद्धता व्यक्त गरिन । उनले आफ्नो कार्यकालका लागि करिव ९ लाखको वजेट अनुमान गरेको र क्लबलाई महिलाहरुको क्षमता अभिबृद्धिका साथै शिक्षा, स्वाश्थ्यसहित समाजिक गतिविधिलाई प्राथमिकतामा राखेको जानकारी गराएकि थिइन । उनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सीप सिकाउने तालिमहरु आफ्नो कार्यकालमा गरिने बताइन ।

कार्यक्रम ईन्नरब्हिलका डिष्ट्रिक ३५० का निवर्तमान डिष्ट्रिक चेयरमेन समिरा ध्वजुको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा क्लबको वर्ष २०२० र २०२१ क‍ो डाईरेक्टरी बिमोचन पनि गरिएको थियो ।सो अवसरमा वर्ष २०१९ र २०२० का सचिव सानू श्रेष्ठले वर्ष २०२० र २०२१ का सचिव सम्झना ज्ञवालीलाई क्लबको माईन्युड हस्तान्तरण गरेकि थिइन । कार्यक्रममा डिष्ट्रिक ईडिटर आसा श्रेष्ठ, संस्थापक अध्यक्ष बसुन्धरा कसजु, सल्लाहकार आमोद श्रेष्ठ, संयोजक संयोजक दुर्गा भण्डारीले महिलाहरुलाई संस्थागत रुपमा गोलवद्घ गराउदै सामाजिक कार्यमा लगाउन आग्रह गरेका थिए ।

क्लबले शिक्षा स्वस्थ्यमा सहयोग

उक्त अवसरमा क्लबले नयागाउ माविकि कक्षा ९ की सीता कुमाल, कक्षा ५ कि मन्जु कुमाललाई तथा नवीन औधोगिक माविकी कक्षा ९ का मिना मगरलाई पुर्ण छात्रवृत्ति प्रदान गरेको घोषणा गरिएको थियो ।यसैगरि समाजसेवी दिनेश श्रेष्ठमार्फत एलिना क्षेत्री, क्रितिका दर्लामीलाई, चन्द्रप्रकाश ध्वजु अक्षयकोषबाट तिलोतमाकी नम्रता श्रेष्ठलाई छात्रवृत्ति प्रदान गरिएक‍ो जनाइएको थियो ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष भारती जोशिले छोरा सम्राटको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट अपाङता भएका विद्यार्थीहरुलाई सहयोग गर्ने बताईन भने निवर्तमान डिष्ट्रिक चेयरमेन समिरा ध्वजुले १ लाख बराबरको अक्षयकोषमा रकम सहयोग गर्ने घोषणा गरिन । यसैगरि न्यु होराईजन माविमार्फत उद्योगी ज्ञानेन्द्र कशजुले क्लबलाई गरिबविपन्न परिवारका छात्रछात्राहरुलाई आर्थिक सहयोगका लागि अक्षयकोष स्थापना गर्न २ लाख ५० हजार सहयोग गरेको भन्दै सम्मान गरिएको थियो । कार्यकालमा विभिन्न कार्यक्रममा सहयोग गरि योगदान दिने क्लबका सदस्यहरुलाई मायाको चिनो र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like