बाहिरी हल्लाले सरकार दुर्घटनामा प्रर्दैन : मन्त्री केसी

पत्रकारहरुलाई न्यूनतम भोकै मोर्न दिदैनौ
बुटवल । प्रदेश पांचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सरकार दुर्घटनामा नपर्ने बताउनु भएको छ । मन्त्री केसीले अहिलेको हल्लाले पार्टी र सरकार दुवै दुर्घटनामा नपर्ने दावी गरेका छन् ।

रिपोर्टर्स क्लव प्रदेश पांचको दोस्रो स्थापना दिवसका अवसरमा आयोजना गरिएको स्मारिका विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।
क्लवको प्रदेश कार्यालयले १ वर्ष भरि गरेका गतिबिधीलाई समेटेर तयार पारीएको स्मारीका बिमोचन गर्दै मन्त्री केसीले अहिलेको अवस्थामा सरकार कमजोर भए लोकतन्त्र कमजोर हुने भएकाले देश, जनता र लोकतन्त्रको भविश्य सोच्नु पर्ने बताए । उनले प्राकृतिक विपत्तीसंगै अहिले राष्ट्रिय एकता आवश्यक रहेको बताए ।

सञ्चार क्षेत्र आर्थिक रुपले संकटमा परेको प्रदेश सरकारलाई थाहा भएको उल्लेख गर्दै पत्रकारहरुलाई न्यूनतम भोकै मोर्न नदिने मन्त्री केसीले प्रतिवद्वता जनाए ।

प्रदेश पांचमा ठूलाठूला मिडिया हाउस बन्नुपर्छ भन्ने सरकारको सोंच रहेको बताउंदै मिडियालाई जवाफदेशी बनाउन सरकारले सहयोग गर्ने बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि राज्यले सबै ठूलो लगानी गरेको बताउंदै कोरोना महामारी रोक्न सरकार र अन्य सबै पक्षको साझा दायित्व रहेको
उल्लेख गरे ।

सरकारले आह्वान गरेर, कर्फ्यु लगाएर कोराना महामारी नरोकीने भएकाले सबै क्षेत्रको सहयोग र प्रतिवद्वता आवश्यक रहेको मन्त्रीको भनाइ छ ।

अहिलेको प्रमुख आवश्यक्ता प्राकृतिक विपत्तीबाट मानव जातीको संरक्षण गर्नुपर्ने भएकाले अन्य पक्ष गौण रहेको मन्त्री केसीले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसकी सचेतक तथा सांसद निर्मला क्षत्री, प्रदेश सांसद डाक्टर कृष्ण न्यौपाने,प्रदेश सांसद सन्तोष पाण्डे,पत्रकार महासंघ प्रदेश पांचका उपाध्यक्ष भरत केसी,रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा रिपोर्टर्स क्लवका प्रदेश संयोजक रामकुमार क्षेत्री, तेजेन्द्र केसीलगायतले बोलेका थिए ।

कार्यक्रममा डाक्टर सुर्दशन थापा र पत्रकार दीपेन्द्र वडुवाललाई सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like