गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५७ पुग्यो

गुल्मी । गुल्मीमा आज (शुक्रबार) विहानै थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीको धुर्कोट गाउँपालिकामा पाँच जना, इस्मा गाउँपालिकामा चार जना र रुरु क्षेत्र गाउँपालिकामा तीन जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिएका छन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका २९, ३६, ३५ र २३ वर्षका पुरुष तथा १९ वर्षकी महिला छन् ।त्यस्तै इस्मा गाउँपालिकाका २०, ३४ र २६ वर्षका पुरुष तथा २२ वर्षकी महिला छन् ।
रुरु क्षेत्र गाउँपालिकामा ५ वर्षीय बालक तथा २८ र ३५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी आचार्यले बताए ।१२ जना संक्रमित थपिएपछि गुल्मीमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या २५७ पुगेको छ । २० जना कोरोना संक्रमितहरु भने डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

गुल्मी जिल्लामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ । यसैगरी १ हजार ४ सय ५६ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएकोमा ५५९ जनाको रिपोर्ट आउन बाँकी छ ।

 
 
  
 

You may also like