दोहोरी प्रतिष्ठान प्रदेश ५ द्वारा समस्यामा परेका कलाकारलाई राहत वितरण

बुटवल । रास्ट्रीय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल ५ न प्रदेश ले बुटवल मा अति आवश्यक परेका दर्जन भन्दा बढी कलाकारलाई राहत बितरण गरेको छ।

एक महिना पहिले पहिलो चरणको राहत बितरण गरेको प्रतिष्ठान प्रदेश न ५ ले यो दोस्रो चरणको राहत बितरण गरेको छ। प्रतिष्ठानसँगआबद्ध कलाकारहरु प्रचण्ड जिसि ,डिल्ली नारायण पाण्डे , देबकला बस्नेत , योगराज पोख्रेल, बिक्रम राना,दुर्गा नेपाल , दिपक कार्की , पैचो पसल बुटवल लगायत विभिन्न कलाकारहरु सङ्गै सघ सस्था को सहयोग मा ती कलाकार हरुलाइ राहत बितरण गरियको हो ।

राहत बितरण मा सस्थाका अध्यक्ष डिल्लिनारायण पाण्डे , केन्द्रिय सचिब प्रचण्ड जिसि , प्रदेश वरिष्ठ उपाध्यक्ष नारायण थापा , प्रथम उपाध्यक्ष दिपु मगर, रुपन्देही जिल्ला अध्यक्ष दिपक कार्की, प्रदेश सद्स्य दुर्गा नेपाल लगायतका कलाकारहरुले घर घरै गएर राहत बितरण गरेका हुन ।

 
 
  
 

You may also like