मुसिकोटमा बिहिबार २९ जनामा आरडिटी पोजेटिभ,पिसिआर परिक्षणको लागि ३० जनाको स्वाब पठाइयो

हरि पाठक
गुल्मी।मुसिकोट नगरपालिका गुल्मीका ९ ओटै वडाका क्वारेन्टाइनमा रहेकामध्ये बिहिबार मात्र ८ वटा वडाबाट थप २९ जनामा आरडिटी पोजेटिभ देखिएको छ ।९ ओटै वडाका क्वारेन्टाइनमा हालसम्म रहेका ७ सय ७९ जनामध्ये बिहिबार १०९ जनामा गरिएको आरडिटी परिक्षणमा २९ जना पोजेटिभ देखिएको नगरपालिकाले जनाएको हो।

भारतका विभिन्न ठाउँबाट बन्दाबन्दीको प्रभावमा परेर मुसिकोट भित्रिएका ब्यक्तिहरूलाई नेपाल-भारतका भिबिन्न सिमा नाकाबाट सुरक्षित रूपमा उद्धार गर्दै उनिहरूकै खर्चमा नगरपालिकाभित्रका वडामा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको छ।

भारतबाट आएर क्वारेनटिनमा बसेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकालाई र्‍यापिट डाइग्नोष्टिक टेस्ट(आरडिटी) गर्दा पोजेटिभ देखिएको हो । उनीहरु २८ पुरूष र १ महिला रहेको नगरपालिका स्वास्थ्य प्रमुख ढाल बहादुर जि.सीले जानकारी दिनुभयो।यसैबीच नगरपालिकाले बुधबार वडा नं १,२,३ र ४ का १८ जनामा गरिएको आरडिटी परिक्षणमा पोजेटिभ देखिएका ५ जना तथा बिहिबार वडा नं.१ मा ३ ९ जनामा ८ पोजेटिभ वडा २,मा ९ जनामा सबै नेगेटिभ,३ नं। वडामा ८ जनामा २,वडा ४ मा ५ जनामा २,वडा ५ करमा ९ जनामा १ वडा६ मा ४ जनामा २ वडा ७ का ९ जनमा ५ र वडा ८ का २३ जनामा २ जना गरी पोजेटिभ देखिएका २९ जना गरि ३४ जना पोजेटिभ देखिएका छन् वडा नं.९ मा नगरिएको बताइएको छ। भोलि पनि परिक्षण गरिने र पोजेटिभ देखिएका र उनिहरू सबैको आइतबारसम्म जिल्लाबाट स्वाब संकलनका लागि आबश्यक पर्ने भिटिएम किट लिएर पिसिआर परिक्षणका लागि स्वाब पठाउने स्वास्थ्य संयोजक जि.सीले जानकारी दिनुभयो।

नगरपालिकाले यसअघि १७२ जनाको आरडिटी परिक्षणमा पोजेटिभ देखिएका ३० जनाको बुधबार पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाइसकेको छ।स्वास्थ्य संयोजक जिसीका अनुसार गत मंगलबार ३० वटा भिटिएम किट आएकोमा सबैको स्वाब सकंलन गरिएको र अब बाँकिको आरडिटी पोजेटिभ देखिएकाहरूको पनि छिट्टै नै किट मगाएर स्वाब पठाइने बताउनुभएको छ। नगरपालिका भित्रका सामदायिक बिद्यालयहरूमा निर्माण गरिएका क्वारेन्टाइनमा बसेका करिब ७ सय ८० जनामध्ये हालसम्म करिब ३ सय जनाको आरडिटी परिक्षण भएको छ तीमध्ये ६४ जनाको आरडिटी पोजेटिभ देखिएको छ भने आरडिटी नेगेटिभ आएका करिब १ सय ६० जना ब्यक्तिहरूलाई सुरक्षित एकान्तबाँस अर्थात होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइसकिएको छ भने बिहिबार आरडिटी नेगेटिभ आएकाहरूलाई पनि पठाइने छ ।

 
 
  
 

You may also like