कोरोनाको कहरपछी लघुवित्तको प्रभाव उच्च

कोरोना संक्रमणको बढदो सन्त्रास र लकडाउनका कारण वित्तीय क्षेत्र प्रभावित हुने देखिएको छ । ग्रामिण अर्थतन्त्र चलायमान वनाउन सहयोग गरेको लघुवित्त यती खेर कोभीड १९ ले असर पारेको छ र भविश्यमा अझ यसको असर कस्तो पर्ला र लघुवित्त संस्थाहरुले अव के गर्नुपर्ला भन्ने विषयमा समतल अनलाईन डटकमले गरेको कुराकानीको सन्दर्भलाई लिएर ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीसँग गरीएको कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत गर्दछौं ।

  • लकडाउन र कोरोनाको त्रासका विच दैनिक कार्य सञ्चालन कसरी सम्पादन गर्दै हुनुहुन्छ ?

लघुवित्तका प्राय जसो कामहरु फिल्डमानै हुने गर्छन । अहिले फिल्डमा गएर काम गर्ने वेला पनि होईन साथीहरु कार्यालयमै बसेर ग्राहक सदस्यहरु वचत रकम लिन आउनु भएका हरुलाई बचतको रकम उपलब्ध गराउनु भएको छ भने कोही कीस्ता तिर्न आउने ग्राहक सदस्यहरुको किस्ता लिने काम गरीरहनु भएको छ तर कीस्ता तिर्न आउने सदस्यहरु ज्यादै नै न्युन हुनुहुन्छ

  • कोरोनाको प्रभावले लघुवित्त क्षेत्रमा कस्ता समस्याहरु आउन सक्लान ?

समस्या नआउने भन्ने त कुरै आएन यसमा खास गरी दुई वटा कुराले डिटरमाईन्ड गर्छ एउटा यो कोभिड १९  कती लामो समय सम्म जान्छ र अर्को हामी आम मानीसको सोचमा कोभिड १९ ले कतीको असर पार्दछ भन्ने हो । व्यवसायीक कीसीमले हेर्ने हो भने कुल कर्जामा २०७६ पौष सम्ममा कृषीमा लगभग ४३ प्रतिशत लगानी छ भने सेवा व्यवसायमा ३३ प्रतिशत छ कृषि भन्दा बढि सेवा व्यवसायमा असर परेको देखीन्छ तर कृषी क्षेत्रमा भएको लगानीको पनि पैसा नआउदा फेरी छुट हुन्छकी भन्ने मनासयले पैसा नतीरेको जस्तो देखीन्छ । सरसर्ती हेर्दा रेमीटेन्समा आएको कमी,वेला वेलामा आउने छुटहरुले पनि लघुवित्त क्षेत्रको किस्ता असुलीमा समस्या आउन सक्छ भने अर्को तीर गाउँवाट वजार झरेर लघुवित्त वित्तीय संस्था वाट कर्जा लीई व्यवसाय गरीरहेका मानीसहरु फेरी गाँउ फर्कीसकेका छन र उनीहरुको नगद प्रवाह नहुनु र उनीहरुको बसोवास गर्ने स्थान पहिचान तथा टाढा पर्ने कारणले पनि लघुवित्त क्षेत्रमा असुलीको समस्या लामै समय रहन्छकी भन्ने आकंलन गर्न सकीन्छ ।

  • लघुवित्तका सदस्यहरुलाई राहात स्वरुप ब्याज छुटको सम्भावना र आवश्यकता के देख्नुहुन्छ ?

यहि विचमा नेपाल राष्ट्र वैंकले व्याज छुट सम्बन्धि दुई वटा परिपत्र गरेको छ एउटा लघुवित्तका ऋणिहरुलाई चैत्र मसान्तमा कायम व्याजमा ३ प्रतिशत व्याज छुट दिने भन्ने छ जुन ३ प्रतिशत व्याज छुट दिदा १ अरव भन्दा बढि छुट हुने देखीन्छ र अर्को चैत्रमा किस्ता तिर्नुभएका ऋणिहरुलाई तिरेको व्याजको १० प्रतिशत ब्याज फिर्ता गर्ने भन्ने छ । यी दुवै किसिमका व्याज छुटको प्रभाब खासै अहिले सम्म परेको छैन । यो पटक पटक को छुटले ऋणिहरुमा अमm केही थप छुट आउछकी भन्ने आशले रकम हुने मान्छेले पनि किस्ता तिरेका छैनन । मेरो विचारमा भन्नुहुन्छ भने त व्याज छुट समाधान होईन बरु उनीहरुका लागी त क्षतीको अध्यन गरी पुनःकर्जा,कर्जा पुनःतालीकीकरण,ग्रेस पिरियड र वित्तीय संस्थाहरुलाई प्रोभिजनमा सुविधा दिई ब्यवसाय गर्ने वातावरण वनाईनु पर्दछ जस्तो लाग्दछ ।

  • तत्कालीन अवस्थामा राष्ट्र बैकले लघुवित्तलाई कसरी सम्बोधन गर्नुपर्ला ?

सबैभन्दा पहिला के बुझन आवश्यक छ भने पोष्ट कोरोना पछि ग्रामीण अर्थतन्त्र चलायमान बनाउन लघुवित्तले ठुलो भुमीका खेल्न सक्छ । वित्तीय क्षेत्रमा लघुवित्तको ८ प्रतिशत भन्दा बढि हिस्सा छ भने कुल ग्राहस्थ उत्पादनको ३ प्रतिशत वचत छ । अव लघुवित्तलाई हेर्ने नजर फरक हुनुपर्दछ अब वीदेशवाट फर्केका युवा जो उद्यम गर्न चाहान्छन उनीहरुलाई र अन्य बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सहुलीयत पुर्ण कृषी कर्जा लघुवित्त वाट प्रवाह हुने व्यवस्था मिलाउनु पर्ने हुन्छ ।

  • अन्त्यमा केही भन्नुहुन्छ ?

विश्वभर महामारीको रुपमा देखापरेको कोरोनाले मानब जातीलाई नै तरङ्गीत बनाईदीएको छ । आज प्राय जसो मुलुकहरु लकडाउनमा छन ब्यापार ब्यवसायहरु चौपट्ट छ बैदेशीक रोजगारीमा रहनु भएका दाजुभाइहरु त्रसीत छन् घरमा भएका बुवा आमाहरु उनहिरुको चिन्तामा डुवेका छन । रेमीटयान्स स्वात्तै घटेको छ । कोभिड १९  भन्दा अगाडी देखी नै लघुवित्त वित्तीय संस्थाहरु भाखा नाघने दर उच्च छ २०७५ पौषमा ८३१६५ जनाको कुल १=४५ प्रतिशत भाखा नाघेको छ भने २०७६ पौषमा आउँदा १,४१,४३२ जनाको कुल २=१९ पुगेको यस एक वर्षको ट्रेन्डले लघुवित्त क्षेत्रमा समस्या थपीदै छ है भन्ने नै हो झन अव त कोभिडले समस्या थप्दैछ तसर्थ कोभिडले लघुवित्तको ग्रामीण मोडल चेन्ज गर्ने अवसर दिएको छ अव Hi-Touch मोडलवाट Low- Touch मा जाउँ विधिहरुको वारेमा छलफल गर्ने यो सुनौलो अवसर हो र अन्त्यमा लघुवित्त क्षेत्रलाई मात्रै होईन हामी मानीस सामाजीक प्राणी हौ सबै क्षेत्रमा आवद्ध ब्यक्तिहरुलाई मेरो अनुरोध छ अहिले व्यापार होईन असल व्यवहार गरौ । सबैले उच्च मनोवलका साथ सामाजीक दुरी कायम गर्दे कोभिड १९  लाई परास्त गरौ र जनजीवनलाई सामान्य बनाउन तीर सबै जुटौ भन्ने नै हो ।

 
 
  
 

You may also like