तिलोत्तमा नगरपालिकाद्वारा ‘कोरोना महामारी’ सचेतनामूलक भिडियो सार्वजनिक

बुटवल । अन्य स्थानीय निकाय भन्दा फरक गतिविधिका कारण चर्चामा आइरहने मुलुककै नमुना स्थानीय निकाय तिलोत्तमा नगरपालिकाले कोरोना माहामारी सम्वन्धी जनचेतनामुलक भिडियो साम्रग्री सार्वजनिक गरेको छ ।बिश्वभर महामारीको रुपमा फैलिएको यस रोगबाट बच्नका लागि आम नेपालीलाई सचेतना जगाउने उदेश्यले तयार पारिएको ‘कोरोना महामारी’ म्यूजिक भिडियोको सोमबार नगरप्रमुखले सार्वजनिक गरेका हुन । तिलोत्तमा नगरपालिकाको प्रस्तुती रहेको उक्त म्यूजिक भिडियोमा देशसँग भएको स्वास्थ्य सुविधा, स्रोत–साधन र जनशक्ति नयाँ कोरोना भाइरसको सँक्रमण नियन्त्रण र उपचारका लागि स्वाभाविक रुपमै अपुग भएको अवस्थामा कोविड–१९ को रोकथाम तथा नियन्त्रणमा जनताको आफ्नै जागरुकता, अनुशासन, रणनीति र पहल महत्वपूर्ण भएकाले सोही कार्यलाई अनुसरण गर्न आग्रह गरिएको छ ।

घरभित्रै रहेर कोरोना महामारीलाई जित्न सकिन्छ । तसर्थ यो समयमा अत्यावश्यक काम बाहेक बाहीर ननिस्कौ भन्ने सन्देश उक्त भिडियोमा समावेस रहेको छ । म्यूजिक भिडियोको सार्वजनिक गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले यस म्यूजिक भिडियोले दर्शक श्रोताहरुमा मनोरंजनका साथै निश्चित रुपले मनोबल बढाउन महत्वपुर्ण भूमिका खेल्ने बताए । कोरोनाको अचुक औषधी भनेकै आत्म मनोवल भएकोले सबैले आफ्नो मनोवललाई दह्रो पार्नुपर्नेमा उहाँको जोड थियो ।

\
यस गीतले आफु सुरक्षित रहेर आफ्नो समाजलाई समेत सुरक्षित राख्न आत्म व्यवस्थापन, स्वपरिचालन, संक्रमण नियन्त्रण र रोकथाममा लागेका विभिन्न सँघ संस्थाहरुसँग सहकार्य, समन्वय गर्न, सबै नेपालीहरुलाई एकताबद्ध भई अगाडि बढ्न अनि कोरोनालाई जित्न प्रेरित गर्ने छ भन्ने अपेक्षा लिएको छु ।’’ नगर प्रमुख घिमिरेले भने राजु विकेको शब्द÷ संगित रहेको यस गितमा चर्चित गायिका एन्जिला रेग्मी, नवोदित गायकहरु नमन सुनार र प्रसन्न पछाइ क्षेत्रीले आवाज भरेका छन् । भिडियोलाई निर्देशक मनिष पन्थले छायांकन, निर्देशन र सम्पादन गरेका हुन । भिडियोमा स्पन्दन पन्थ, स्वभाव पन्थ, कमला पन्थ र अभिषेक तिवारीले अभिनय रहेको छ ।
नारायण वि.पि. परियारको कन्सेप्ट रहेको उक्त म्यूजिक भिडियो तयार गर्नका फाइन मिडिया, बुटवल, जय माता दी फाउण्डेशन., अर्जुन खरेल लगायतको विशेष रहेको गितका रचनाकार राजु विकेले बताए । उक्त म्यूजिक भिडियो श्रीनगर फिल्मसको यूट्यूबबाट सार्वजनिक भएको छ ।

भिडियो :

 
 
  
 

You may also like