कोरोनाबाट प्रवासमा रहेका आठ नेपालीको मृत्यु, सय बढी संक्रमित

काठमाडौं । विभिन्न शिलशिलामा प्रवासमा रहेका आठ नेपालीको कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण ज्यान गएको छ ।

रोजगार, व्यवसाय, अध्ययनलगायतका विभिन्न कामले प्रवासमा रहेका उनीहरुको कोरोना भाइरसका कारण ज्यान गएको हो । अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (युएई )मा एक नेपालीको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको हो । कम्तिमा सय भन्दा संक्रमित छन् ।

नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपाली कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । संक्रमितमध्ये तीन जना निको भई काममा फर्किएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

अर्का एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ । साउदी अरबमा कोरोनाका कारण ४१ जनाको मृत्यु र २ हजार ९ सय संक्रमित भएका छन् । साउदीले कोरोनाको संक्रमण फैलन नदिन मुलुकभर कफ्र्यू लगाएको छ । साउदीमा दुई लाखभन्दा बढी नेपाली रहेको बताइन्छ ।

 

 
 
  
 

You may also like