कुवेतमा थप एक नेपालीमा देखियो कोरोनाभाइरसको संक्रमण

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसबाट कुवेतमा रहेका थप एक नेपाली संक्रमित भएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार कुवेतमा कार्यरत एक नेपालीमा बुधवार संक्रमण देखिएको हो ।

ad
यससँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ३ जना पुगेको छ । हालसम्म कुवेतमा कोरोनाबाट ८ सय ५५ जना संक्रमित भइसकेका छन् भने ११ जना कोरोनाको उपचारपछि निको भएका छन् ।

 
 
  
 

You may also like