मृत्युको ११ दिन पछि परिवार बाबुरामको शव बुझ्न तयार, दाहसंस्कार आजै गरिने

बुटवल । मृत्युको ११ दिनपछि बाबुराम थापाको अन्तिम संस्कार हुदैछ । हिन्दु धर्ममा मृत्यु संस्कार १३ दिनमा सकिन्छ । तर बाबुरामको शव भने ११ दिनसम्म अस्पतालमै बस्यो ।

बुटवलको कोरोना अस्पतालमा चैत १६ गते ज्यानगुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेका छन् ।आज भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवार सहमत भएका हुन्।

उपचारमा लार्पबाही भएको भन्दै परिवार क्षतिपूर्ति माग गरेका थिए । उनको मृत्युभएको ११ दिनपछि आज अन्तिम संस्कार गरिदैछ ।बुटवलमा क्रियाशिला सामाजिक संस्था, मृतकका आफन्तर सामाजिक विकास मन्त्रालयबीच भएको छलफलले शव उठाउने सहमति गरेको हो ।
प्रदेशसरकारको पहलमा मृतककी श्रीमतीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोराहरुलाईकक्षा १२ सम्म निशुल्क पढाउने सहमति भएको बैठकमा सहभागि संविधानसभाका सदस्य विनोदपहाडीले जानकारी दिए ।

मृतकका परिवारलाई सामाजिक संघसंस्थाहरुले ८ लाखराहत दिने समेत निर्णय भएको छ । पाल्पाली समाजले ५ लाख ५० हजार, टण्डन समाजले १ लाख५० हजार र थापा समाजले १ लाख राहत जुटाएर परिवारलाई दिने सहमति भएको छ ।

 
 
  
 

You may also like