बुटवल उपमहानगरका द्वारा तामनगरमा ५० बेडको व्यबस्थित क्वारेन्टीन निर्माण

बुटवल । बुटवल उपमहानगरले वडा नम्बर १२ को तामनगरमा रहेको कोरिया नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजी कलेजको भवनमा ५० वेडको व्यवस्थित क्वारेन्टाइन निर्माण गरेको छ । भोजनालय, आबास तथा शौचालय र ज्वरो क्लिनिक सहितको प्राथमिक स्वास्थ्य सेवासमेत उपलब्ध गराउने गरि क्वारेन्टाइन निर्माण गरिएको वडा अध्यक्ष दुर्गा सुवेदीले जानकारी दिनुभयो । बुटवलका विभिन्न स्थानमा फिवर क्लिनिक सञ्चालनमा रहेका स्वास्थ्य शाखाका अधिकृत कुन्दनकुमार सिंहले जानकारी दिनुभयो ।

यस्तै बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल धागो कारखानाको खाली भवनमा सञ्चालनमा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा १० वटा आइसीयू वेड थप गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । त्यहाँ गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले प्राविधिक सहयोग र सहकार्य गरिरहेको प्रादेशिक अस्पतालका अध्यक्ष तथा कोरोना विशेष अस्पताल सञ्चालन एवम् समन्वय कार्यदलका सहसंयोजक सूर्यबहादुर भट्टराईले जानकारी दिनुभयो । उहाँले दुई दिन भित्रमा सञ्चालनमा ल्याउनेगरि काम भइरहेको बताउनुभयो ।

 
 
  
 

You may also like