आफ्ना नागरिक राखिएको भैरहवाको क्वारेन्टाइन भ्रमणमा आए भारतीय सांसद

बुटवल । नेपालको क्वारेन्टाइनमा रहेका आफ्ना नागरिकको अवस्था बुझ्न एक भारतीय सांसद भैरहवा आएका छन् । भैरहवामा क्वारेन्टाइनमा रहेका भारतीयको अवस्था बुझ्न भारत महाराजगंजको नौतनवा विधानसभा सदस्य अमनमणि त्रिपाठी त्यहाँ आएका हुन् । त्रिपाठीले भारतीय नागरिकहरुलाई सम्बोधन गर्दै नेपालले आफ्ना नागरिकलाई स–सम्मान र व्यवस्थित क्वारेन्टाइनमा राखेको भन्दै खुसी व्यक्त गरे ।

भारत नौतनवाको क्वारेन्टाइनमा रहेका तीन सय बढी नेपालीलाई पनि आफूहरुले त्यसै गरी राखेको उनको भनाइ थियो । भैरहवाको प्रतिमान–नीमा कलेजमा गत १८ चैतेदेखि १ सय ५४ जना भारतीय नागरिक क्वारेन्टाइनमा बसेका छन् ।

प्रदेश–५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले भारतीयलाई राखिएको क्वारेन्टाइनको रेखदेख गर्दै आएका छन् ।

 
 
  
 

You may also like