एउटै संक्रमण नदेखिएको तुर्कमेनिस्तान कोरोना भाइरसबाट साँच्चै मुक्त छ त ?

एजेन्सी । अहिले विश्वका २११ मुलुकहरु कोरोना संक्रमणको चपेटामा छन् । तर केही यस्ता मुलुकहरु छन् जहाँ कोरोनाको अहिलेसम्म एउटा मामिला पनि देखा परेको छैन । यिनै मुलुकमध्ये एक हो तुर्कमेनिस्तान ।

विशेषज्ञहरु तुर्कमेनिस्तानको सरकारले संक्रमणको वास्तविकतालाई लुकाएको हुनसक्ने आशंका गर्छन् । यदि त्यसो हो भने कोरोनाको चपेटाबाट बच्ने अहिलेको वैश्विक प्रयासमा ठूलो झट्का लाग्न सक्नेछ ।

कोरोना संक्रमणबाट बच्न विश्वले लकडाउनको उपाय अपनाएर सामाजिक दूरी कायम गरिरहेको समयमा । मंगलबार विश्व स्वास्थ्य दिवसको मौकामा तुर्किमिनिस्तानमा साइकल र्‍यालीको आयोजना भएको छ ।

Dish_Home
यो मध्य-एशियाली मुलुक तुर्कमेनिस्तानले एउटा पनि कोरोनाको मामिला आफ्नो मुलुकमा नभएको दाबी गर्दै आएको छ । तर सेन्सरशिपका लागि विश्वभरी नै चर्चित रहेको तुर्कमेनिस्तानको सरकारको बयानलाई विश्वले आशंकाको दृष्टिले हेरेको छ ।

तुर्कमेन हेल्थकेयर सिस्टमको अध्ययन गर्ने लण्डन स्कुल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक मार्टिन मेक्की भन्छन्, ‘तुर्कमेनिस्तानले आफ्नो तर्फबाट आधिकारिक रुपमा स्वास्थ्य जाँचको आँकडा जारी गर्दैछ जसमाथि बिल्कुल भरोसा गर्न सकिँदैन ।’

ती प्राध्यापकको अनुसार बितेको दशकमा पनि तुर्कमेनिस्तानले एउटा पनि एचआईभी एड्स संक्रमणको मामिला आफ्नो देशमा नरहेको दावी गरेको थियो जुन विश्वसनीय नै थिएन । सन् २००० को दशकमा पनि तुर्कमेनिस्तानले धेरैवटा बिमारीको जानकारी विश्वसमक्ष लुकाएको थियो । यसमा एउटा प्लेग हैंजा पनि रहेको थियो ।

तुर्कमेनिस्तानमा धेरै मानिसहरु कोरोना भाइरससँग डराउँछन् । हुनसक्छ त्यहाँ पहिलेदेखि नै संक्रमितहरु छन् ।

कोरोनासँग लड्नलाई के छ एक्सन प्लान ?

राजधानी अश्गाबाटमा बस्ने एकजना व्यक्तिले नाम नखुलाउने शर्तमा भने, ‘मेरो चिनजानका एकजना व्यक्ति सरकारी एजेन्सीमा काम गर्छन् । उनले मलाई देशमा भाइरस फैलिएको बारेमा आफूले थाहा पाएको कुरा बोलेमा समस्यामा पर्न सक्ने बताएका छन् ।’

यद्यपी तुर्कमेनिस्तानको प्रशासन लगातार यो बिमारीको बचाउ र संक्रमित मानिसहरुको खोजिमा जुटेको छ ।

संयुक्त राष्ट्र संघको एजेन्सीसँग मिलेर कोरोनासँग लड्नका लागि एक्सन प्लान बनाउने चर्चा पनि गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघका रेसिडेन्ट कोअर्डिनेटर एलेना पनोवाले बीबीसीसँग बताएअनुसार तुर्कमेनिस्तानभरी सहकार्य, जोखिमको सञ्चार, मामिलाहरुको अनुसन्धान, प्रयोगशाला परीक्षण र अन्य उपायहरुको बारेमा चर्चा परिचर्चा भइरहेको छ ।

तर पनोवाले पनि तुर्कमेनिस्तानमा संक्रमण नफैलिएको सरकारको बयानबारे कुनै सिधा जवाफ दिन सकिनन् ।

उनले आफूहरु देशको आधिकारिक जानकारीमाथि निर्भर रहेको र यसमा भरोसा भन्ने त्यस्तो केही चिज नहुने उनले बताइन् ।

पनोवाको अनुसार तुर्कमेनिस्तानले सुरुवातमा नै यात्राहरुमा प्रतिबन्ध लगाएकोले संक्रमण नफैलिएको हुनसक्ने सम्भावना छ ।

तुर्कमेनिस्तानले एक महिनाअघि नै आफ्नो सम्पूर्ण देशको सीमाना बन्द गरेर आवतजावत् बन्द गरिदिएको थियो ।

यसबाहेक फेब्रुअरीमा चीन र अन्य देशको हवाई यात्रामा पनि रोक लगाइदिएको थियो । साथै सबै अन्तर्राष्ट्रिय उडानलाई राजधानीको सट्टा तुर्कमेनाबादमा डाइभर्ट गरिदिएको थियो । त्यहाँ एउटा क्वारेन्टाइन जोन पनि निर्माण गरिएको थियो ।

तर कतिपय स्थानीयहरुको अनुसार केही मानिसहरुले दुई हप्ता क्वारेन्टाइनमा बस्नुका सट्टा घुस दिएर बाहिर आएका थिए ।

पनोवा तुर्कमेनिस्तानले आफ्नो मुलुकमा आउने हरेकको कोरोना परीक्षण गराएको बताउँछिन् । तर तुर्कमेनिस्तानले हालसम्म कतिजनाको परीक्षण गर्‍यो वा कतिवटा टेस्ट किट यो देशसँग छ भन्ने प्रश्नको उत्तर उनीसँग पनि छैन ।

उनी सरकारी अधिकारीको कुराको आधारमा आफूले भरोसा गरेको बताउँछिन् ।

हेल्थ केयर सिस्टमको कस्तो छ अवस्था ?

कोरोनाको महामारीसँग लड्न तुर्कमेनिस्तानको हेल्थ केयर सिस्टम कतिको तयारीमा छ भन्ने प्रश्नमा पनोवाले भन्छिन्, ‘हामीलाई यो बारेमा थाहा छैन । हामीलाई यहाँको प्रशासनले धेरै तहमा तयारी गरेको बताएका छन् । हामीलाई यो कुरामा भरोसा छ किनभने यहाँको अस्पतालमा राम्रो सुविधा छ ।’

तर तयारी जति गरे पनि संक्रमणको पिक आवरमा सामानहरुको अभाव हुने भएको हुँदा भेन्टिलेटर तथा अन्य सामग्रीहरु जुटाउन आफूहरुले सरकारसँग पहल गरेको उनले सुनाइन् ।

कोरोना संक्रमणलाई लिएर मानिसहरु पनि धेरै जागरुक छन् तुर्कमेनिस्तानमा । शहरको बीचमा आवतजावतमा रोक लागेको छ भने राजधानी अश्गाबाट आउनेहरुसँग चिकित्सकको रिपोर्ट हुन आवश्यक छ ।

बाँकी विश्वको तुलनामा तुर्कमेनिस्तानको दैनिक जीवन एकदमै सामान्य छ । क्याफे र रेस्टुरेन्टहरु खुल्ला नै छन् । सामाजिक कर्मकाण्डहरु सामान्यरुपमा आयोजना भइरहेका छन् । कसैले मास्क लगाएका पनि छैनन् ।

यो देख्दा तुर्कमेनिस्तानले कोरोना संक्रमणको मामिलालाई गम्भिरताको साथ नलिएको पनि आभाष हुन्छ ।

 
 
  
 

You may also like