न्युयोर्कमा भारतीय मूलका पत्रकारको कोरोनाबाट मृत्यु

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसको संक्रमणबाट भारतीय मुलका पत्रकारको मृत्यु भएको छ ।कोरोनाबाट ६६ बर्षिय पत्रकार ब्रह्म कांचीबोटलाको न्युयोर्कमा निधन भएको हो । कांचीबोटला न्युयोर्कमा युनाइटेड न्युज अफ इंडियाका संवाददाताको रुपमा काम गरिरहेका थिए । उनलाई कोरोनाको रिपोर्टिंग गर्ने क्रममा नै संक्रमण भएको बताइएको छ । मार्च २३ मा संक्रमण देखिएकोमा उनलाई २८ मार्चमा अस्पताल भर्ना गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत पत्रकार ब्रह्मको निधन प्रति शोक व्यक्त गरेका छन् ।

उनका एक छोरा, एक छोरी र श्रीमती रहेका छन् । उनी सन १९९२ देखि अमेरिकाबाट पत्रकारिता गरिरहेका थिए ।

अमेरिकाको न्युयोर्क अहिले कोरोनाको सेन्टर बनेको छ । न्युयोर्कमा अहिलेसम्म ५ हजार ४८९ जनाको मृत्यु भएको छ भने एक लाख ४२ हजार ३८४ जना संक्रमित भएका छन् ।

 
 
  
 

You may also like