दुई साता नेपालका लागि अझै चुनौतिपूर्ण : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई साताको समय नेपालका लाथि थप कठिन रहेको बताएका छन् । आज .(मंगलबार) देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल पूर्ण रुपमा कोरोना भाइरसविरुद्धको लडाईमा उत्रिएको बताएका छन् । प्रधानमन्त्री ओलीले सबैको साझा प्रयत्नले संक्रमितहरुको संख्या ९ जनामा मात्र सीमित गर्न सकिए पनि नेपाल अझै कोरोनाको उच्च जोखिममै रहेको बताएका छन् ।

उनले आगामी दुई साता नेपालका लागि थप चुनौतिपूर्ण रहेको भन्दै महामारीको संक्रमण फैलिन नदिन सारा प्रयास केन्द्रित गरेको बताएका छन् ।

 
 
  
 

You may also like