सैनामैनामा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

बुटवल । रुपन्देहीको सैनामैनामा आज(आइतबार) एम्बुलेन्स दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत वडा न.९ संगमटोलमा एम्बुलेन्स दुर्घटना हुदाँ सवार ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक कमल परियारले जानकारी दिए ।

बुटवलबाट कपिलबस्तु तर्फ आउँदै गरेको लु १ च ७४९७ नम्बरको एम्बुलेन्स तिव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।घाइते हुनेमा कपिलबस्तु जिल्ला कृष्णनगर नगरपालिका वडा न.३ बस्ने वर्ष २२ का तारिक शाह, दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका वडा न.१५ बस्ने वर्ष ३० का अमर थापा,सोही ठाउँ बस्ने २९ वर्षिय डिल्लीराज राउत घाइते भएका हुन् ।

 

 
 
  
 

You may also like