गुल्मीको मुसिकोट १ को राहत छनोट समितिको टोली लगत संकलन गर्न शनिबार गाउँमै पुग्ने

छनोटपछि मात्र राहतसामाग्री बितरण गरिने
हरि पाठक

गुल्मी।गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ को राहत बितरण सम्बन्धि बैठक सम्पन्न गरेको छ। शुुुक्रबार बसेेेेको वडा कार्यलयको बिपद ब्यबस्थापन बैैैठकले गरिब तथा विपन्न परिवारलाई राहत बितरणका लागि लगत संकलन गर्न लागेको छ।

वडा नं.१ले नगरकार्यपालिका बैठकले बिहिबार गरेको निर्णयअनुसार कोभिड-१९को लक डाउनको कारण कोही पनि भोकै हुन नपरोस् भन्ने उद्धेश्यले गरिब तथा विपन्न मजदुरहरुको लगत संकलन गरि दैनिक उपभोग्य सामग्री राहत स्वरुप खाद्यान्न सामाग्री बितरण गर्न छनोट समितिको गठन गरि राहतको लागि लगत संकलन गर्ने सम्बन्धमा बैठक सम्पन्न गरेको हो।

शुक्रबार बसेेेको बैैैठकले वडाअध्यक्ष हितानको संयोजकत्वमा नेकपाबाट भुपेन्द्र रायमाझी,ने.का.बाट दानबहादुर केसी, कार्यपालिका सदस्य जुद्धबिर बिक,र गोबिन्द गोपाल खातीसहित पाँच सदस्य छनोट समिती गठन गरेको छ। अध्यक्ष हितानका अनुसार समितिको टोलिले शनिबारदेखि वडाभित्रका थामडाँडा,सिम्लेर,राजबारी भ्रमचौर,पौदीअमराई,अरेवा,बाङ्गे, ढाँण,चैनडाँडा लगायत गाउका टोलमा पुगी लकडाउनको पूर्ण पालना गर्दै दुरी कायम गरी दैनिक ज्यालादारी गर्ने,श्रमजीबी ब्यक्ति तथा बिपन्न परिबारहरूलाई छनोट कार्य गर्नुहुनेछ।

समितिको टोलिले लगत संकलन गर्दा छनोट सुचिमा ती ब्यक्तिहरूको नामबली तयार पार्न नगरपालिका तथा सरकारको मापदण्डअनुसार गर्ने जनाइएको छ।

नगरपालिकाले दिइएको निर्णय कार्यनयन गर्न १ नंं.वडाले वडाभित्रका कम्तिमा घरमा भएको उन्पादनले १ महिना भन्दा बढी खान नपुग्ने,परिबारको सदस्य कुनै पनि बैदेशिक तथा अान्तरिक रोजगार वा ब्यपारब्यबसाय नगरेको र कुनै निजी तथा सरकारी जागिरकरमा अाबद्ध नभएको, अार्थिक अबस्था ज्यादै न्यून तथा उच्च गरिबी रहेको,दैनिकी ज्यालामजदुरी नगरेसम्म दुई छाक खान नसकी परिबार नै पाल्न नसक्ने क्षमता भएका,खाद्यान्न उत्पादनको लागि ३ रोपनी मात्र जग्गा भएको,घरमा कोदो, मकै,चामल कुनै पनि खाद्यान्न भण्डारण जोह नगरेको र सामाजिक न्यायको सिद्धान्तले राहत छनोटमा उक्त परिबार पर्दा पछि कुनै बिवाद उत्पन्न नहुने बिपन्न घर परिबारका नागरिक तथा ब्यक्तिहरू समाबेश हुनेछन्।

वडामा राहत सामाग्री बितरण गर्नको लागि छनोट सूचीमा सूचिक्रित हुन समेत वडाले तुरून्त जानकारी गराउन समेत सूचना जारी गरेको छ।

वडाभित्ररबाट राहतपाउने सूचिमा परेका कुनै असहाय,एकल ब्यक्ति,बिपन्न परिबार तथा ज्यालादारी श्रमजिबी नागरिकलाई वडा कार्यालयले प्रमाणीकरण गरेर संकलित लगतका आधारमा राहतको प्याकेज घोषणा गरिएको सोही अनुसार राहतस्वरूप खाद्यान्न सामाग्री बितरण गरिने बडाअध्यक्ष पूर्णबहादुर हितान मगरले जानकारी दिनुभयो।

वडाले बिश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको पूर्णरूपमा कार्यान्वयनमा सहयोग गर्न सम्पूर्ण वडाबासीलाई अाग्रह गर्दै स्वास्थमा केही समस्या देखिएको तत्काल संघसंस्था वडाकार्यालयमा जानकारी गराउन अाग्रह गरेको छ।

मुसिकोटका नौं वडामा नै एकसाथ दैनिक ज्यालादारीमा गुजारा चलाउने श्रमजीवी नागरिकको लगत संकलन कार्य शनिबारदेखि नै सुरू गरिने छ।

यो पनि पढ्नुहोस:

राहतको प्याकेज हरेक बिपन्न नागरिकलाई बाड्नको लागि नगरपालिकाको २०७६/१२/२०को बिहिवार बसेको नगरकार्यपालिकाको बैठकले राहतका लागि कार्यविधि पारित गरेको छ ।

जीवनमा अति आवश्यक खाद्यान्न सामग्री अभाबमा दैनिक बिहानसाझको छाक टार्न समेत कठिन भएका र ज्यालादारीमा काम गरेर परिबार चलाउनेहरू लकडाउनबाट बढी प्रभाबित बनेको भन्दै राहत प्रदान गर्न नगरपालिकाको बिहिबारको बैठकले नगरभित्ररका बिपन्न नागरिकका लागि जीवनयापनमा सहजता ल्याउन राहतस्वरूप राहत बितरण कार्यनिति पारित गरेको हो ।

दैनिक ज्यालादारीमा गुजारा चलाउँदै अाएका ब्यक्ती तथा परिबारहरूको नामबली तथा लगत संकलन प्रत्येक ९ वडाबाट नै तयार पार्ने राहत सामग्री वितरण कार्यविधि-२०७६ बनाउँदै व्यवस्थित रुपमा बाट नै राहत बितरण कार्य अगाडि बढाइने नगरप्रमुख सोमनाथ सापकोटाले बताउनुभयो।

यस्तै मुसिकोट नगरभित्रका पसलब्यबसायहरूमा शहरका बजारमा भन्दा गाउका बजारमा चर्को मूल्य तिरेर पनि नागरिकले सामान खरिद गरेर दैनिकी खाद्यान्न अापूर्ति गर्ने गरेको उदाहरणसहितका गुनासो अाइरहेेेेका छन् ।

यो बिपदको समयमा कोही पनि खाद्यान्न अभाबमा अलपत्र र भोकै बस्न नपर्ने उल्लेख गर्दै यस्तो बिपदको घडीमा निर्धारित मूल्य भन्दा बढी मूल्यमा सामान उपलब्ध गराउन सम्पूर्ण खाद्यमलफूल तथा अन्य पसल ब्याबसायिमाहरूलाई अाग्रह गर्नुभयो।नगर प्रमुख सापकोटाले मूल्यनियन्त्रणमा नगरपालिकाले अाबश्यक कदम चालेको बताउदै बजारमा निर्धारित मूल्यभन्दा बढी मूल्यमा बिक्रीवितरण गरेको भेटिएको बा जानकारी अाएमा त्यस्ता ब्यबसायलाई कानुनी प्रबधानअनुसार कार्वाही गरिने बताउनुभयो।

नगरपालिका भित्रका दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने र अहिले लकडाउनको बेलामा काम बन्द भएर आपतमा परेका श्रमिक तथा परिवारलाई केही दिन पुग्ने गरि खाद्यान्न समाग्री उपलब्ध गराउनेगरि कार्यविधि बनाएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो।

उहाका अनुसार मुसिकोट नगरपालिकाको कार्यपालिकाको बिहिवार बसेको बैठकले नगरभित्रका सबै वडाहरूमा रहेका बिहान बेलुका हातमुख जोहो गर्न नसक्ने परिवार तथा ज्यालादारीमा काम गर्ने श्रमिकहरुलाइ राहत दिने निर्णयको मापदण्डअनुसार संकलनकार्य अघि बढाई राहत बितरण लगत संकलन गर्न वडाहरूलाई निर्णयद्वारा निर्देशित गरेको थियो ।

 
 
  
 

You may also like