कोरोना निकोे भइसकेको व्यक्तिलाई फेरि संक्रमण हुनसक्छ ?

विज्ञान भन्छ कि एक पटक भाइरस संक्रमित भएपछि मानव शरीरको प्रतिरक्षा प्रणालीले त्यो भाइरस विरुद्ध लड्न सिक्छ । यस कारणका लागि, त्यो भाइरसले त्यस व्यक्तिलाई फेरि हानी गर्न सक्दैन ।

तर एक पटक तपाई कोरोना भाइरस संक्रमणको उपचार गरिसकेपछि, यो भाइरसले तपाईलाई फेरी संक्रमित गर्नेछ ?
कुन व्यक्तिहरू सबै भन्दा बढी जोखिममा छन् र यो भाइरस तपाईंको कपडामा सक्रिय रहन सक्छ कि सक्दैन ? यस बारेमा तल चर्चा गरिएको छ :

१. निको भइसकेपछि फेरि पनि कोरोना सर्छ कि सर्दैन ?

यो अहिल्यै भन्न सकिदैन किनकि कोरोना भाइरस संक्रमणको पहिलो केस डिसेम्बरको वरिपरि मात्र देखिएको छ ।

तथापि, पहिलेको भाइरसको अनुभवबाट, यो भन्न सकिन्छ कि एक पटक संक्रमणपछि भाइरस विरुद्धको शरीरको प्रतिरक्षा प्रणालीले एन्टि बडिज सिर्जना गर्दछ । यसले भविष्यको लागि यो भाइरसबाट जोगाउँछ ।

उदाहरणका लागि सार्स र मार्स (जो कोरोना भाइरसकै परिवार हो )मा पहिले जस्तै संक्रमण पुनः देखा परेन ।
यद्यपि चीनबाट प्राप्त पछिल्ला रिपोर्टहरूमा यो भनिएको छ कि अस्पतालबाट डिस्चार्ज भए पछि पनि केही मानिसहरूमा संक्रमण फेला परेको छ । तर यसमा कडाइका साथ केही भन्न सकिदैन ।

२. सार्वजनिक स्थान वा स्विमिङ पुलमा नुहाउन सुरक्षित छ ?

धेरैजसो स्विमिङ पुलमा क्लोरिन राखिएको हुन्छ, जसले भाइरसहरूलाई मार्दछ । यस्तो अवस्थामा, यो भन्न सकिन्छ कि यदि क्लोरिनको मात्रा स्विमिङ पुलमा उपुयक्त मात्रामा मिलाएको छ भने त्यो सुरक्षित हुन्छ ।

तर बेलायत जस्ता धेरै देशहरूले मानिसहरूलाई सार्वजनिक स्थानहरूमा जान निषेध गरिरहेका छन् किनभने संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा संक्रमण हुने खतरा हुन सक्छ । चेञ्जिङ रुम वा कोठा तथा भवनमा कुनै वस्तु वा ढोका छुँदा संक्रमणको जोखिम बढ्न सक्छ ।

यदि संक्रमित व्यक्ति पोखरीमा तपाईंको नजिकै छ र खोकी वा हाँछ्यू गर्छ भने तपाईंलाई संक्रमणको खतरा हुन सक्छ ।

कुन ठाउँमा भाइरस कतिञ्जेल जीवित रहन्छ ?

यो भाइरस कुन ठाउँमा छ, त्यसले कति समयसम्म कोरोना भाइरस बाँच्छ भन्ने कुरा निर्भर गर्दछ । ढोका ह्यान्डलहरू, लिफ्ट बटन, मेटलजस्ता धातुजन्य पदार्थमा यो भाइरस ४८ घण्टासम्म सक्रिय रहन्छ ।

केही पुरानो अनुसन्धानको आधारमा, यो भन्न सकिन्छ कि कोरोना भाइरस अनुकूल अवस्थामा एक हप्ता सम्म सक्रिय रहन सक्छ ।

कपडा जस्ता नरम ठाउँहरूमा, कोरोना भाइरस लामो समयसम्म बाँच्दैन । यस्तो अवस्थामा यदि तपाईं एक वा दुई दिन उस्तै कपडा लगाउँनुहुन्न भने भाइरस सक्रिय हुने छैन ।

तर यो पनि होइन कि संक्रमित ठाउँमा छोएमा तपाईलाई कोरोना भाइरस लाग्न सक्छ । जबसम्म यो तपाईंको मुख, आँखा, नाकमार्फत तपाईंको शरीरमा प्रवेश गर्दैन, तब तपाईं ठीक हुनुहुन्छ । त्यसैले मुख छुन वा हात नधोई केहि पनि खानेकुरा नखानुहोला ।

कोरोनाको संक्रमण फोनद्वारा पनि हुन सक्छ ?

यो विश्वास छ कि कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा हाछ्यु वा खोकीको कारण सर्न सक्दछ । तर विज्ञहरू भन्छन् कि यो भाइरस कुनै पनि ठाउँमा रहन सक्छ र त्यो पनि धेरै दिनसम्म ।

त्यसकारण, यो महत्त्वपूर्ण छ कि फोन, चाहे घरमा होस् वा अफिसमा पूर्णरूपमा सुरक्षित र सफा ठाउँमा राख्नुपर्छ । सबै प्रमुख फोन निर्माताहरूले मोबाइल फोन रक्सी, ह्यान्ड सेनिटाइजर वा स्टेरिलाइजिंग वाइपबाट सफा गर्न हुँदैन भनेर चेतावनी दिन्छ । किनभने यसले फोनको कोटिङमा बिगार्ने सम्भावना रहन्छ ।

कोटिङ लेयरमा क्षति हुने कारणले किटाणुलाई मोवाइमा फोनमा धेरै समयसम्म रहन सजिलो बनाउँछ । आजकल, बजारमा उपलब्ध मोबाइल फोनहरूलाई पानी प्रतिरोधक मानिन्छ अर्थात वाटार रेजिस्टेन्स हुनासाथ मोबाइल फोनलाई पानीको खतरा कम हुन्छ ।

यदि यसो हो भने तपाई फोनलाई साबुन र पानी वा पेपर टाँवलले सफा गर्न सकिन्छ तर तर त्यसो गर्नु अघि तपाईको फोन पानी प्रतिरोधी हो कि होइन भनेर थाहा पाउनुहोस् ।

यो के हो जुन तपाईंले गर्नु हुँदैन ?

विश्व स्वास्थ्य सङ्गठनले भनेको छ कि धूम्रपान गर्दैमा, मास्क लगाउँदैमा वा एन्टि बायोटिक लिदैँमा कोभिड –१९बाट बचाउन सकिदैन । अझ यसले तपाईलाई उल्टो हानी गर्न सक्दछ ।

यसको न त खोप वा औषधी आएको छ न सुरक्षाको लागि कुनै पनि एन्टि भाइरल औषधि बनाइएको छ ।

कति दिनमा भाइरस पत्ता लाग्छ र कति दिन तपाईं बिरामी हुन सक्नुहुन्छ ?

कोरोना भाइरस सम्मको इन्क्युबेशन अवधि वा संक्रमणको लक्षण देखिने समयावधि भनेको १४ दिन हो । हालसम्मको घट्नाहरूलाई आधार मान्ने हो भने सबैभन्दा बढी ५ दिनभित्र लक्षण देखिन शुरू भइसकेको छ । ]

५ मध्ये ४ लाई फ्लू जस्तो लक्षणको साथ एक सामान्य बिरामीजस्तो देखिन सक्छ । धेरै जसो व्यक्तिहरूमा यसको शुरुवाती लक्षणहरू ज्वरो र सुख्खा खोकी हुन् । तपाईं एक हप्तामा यी लक्षणहरूबाट निको हुन सक्नुहुन्छ । धेरै व्यक्तिहरूले आफूलाई कोरोना संक्रमण भएको कुरा थाहा पनि पाउँदैनन् होला ।

गाह्रो तब हुन्छ जब यो भाइरस फोक्सोमा पुग्छ र त्यहाँ ‘एयरस्याक्स’ बनाउन शुरू गर्दछ । त्यसपछि, व्यक्तिलाई सास फेर्न समस्या हुन सक्छ र निमोनिया हुन सक्छ ।

चीनमा जो मानिसहरू यस भाइरसको कारणले बढी बिरामी थिए तिनीहरूलाई तीन हप्ता अस्पतालमा राखियो । केही व्यक्तिहरूको मृत्यु भयो भने कति निको भए ।

सबैभन्दा धेरै कसको हेरविचार गर्नुपर्छ ?

बृद्धबृद्धा, उच्च रक्तचाप, हृदय रोग र फोक्सोको समस्या, क्यान्सर, मधुमेहका बिरामीहरूलाई यस संक्रमणको जोखिम बढी हुन्छ ।

चीनबाट प्राप्त तथ्याङ्ककाअनुसार बालबालिका तुलनात्मक रूपमा कोरोना संक्रमणबाट बाँचेका छन् । यद्यपि, फोक्सो वा दम रोगको समस्या भएका बालबालिकाहरू भने अधिक सावधान हुनु आवश्यक छ किनकि त्यस्ता अवस्थाहरूमा कोरोना भाइरसले आक्रमण गर्न सक्छ ।

धेरै बच्चाहरूका लागि यो सामान्य श्वासप्रश्वासको संक्रमण जस्तो हुन्छ र त्यहाँ कुनै जोखिम जस्तो लाग्ने कुरा हुँदैन ।
भाइरसहरू फैलिनबाट जोगाउन स्कूलहरू बन्द गर्ने सरकारको निर्णय प्रशंसनिय छ । यो भाइरसलाई नियन्त्रण गर्नका लागि विश्वका धेरै देशहरूमा सरकारहरूले स्कूलहरू बन्द गरेका छन् ।

विविसी हिन्दीबाट अनुवादित

 
 
  
 

You may also like