सैनामैना । स्थानिय विकास कोषले बिउ वितरण गरेको छ । कोषले सैनामैनामा रहेका विभिन्न सामुदायिक संस्थाहरु अन्तर्गत सिर्जना सामुदायिक संस्थाका किसानहरुलाई बिउ वितरण गरेको हो । सिजना सामुदायिक संस्था कर्मुवाका किसानले मकै,फर्सी,काक्रो र करेलाको बिउ प्राप्त गरेका हुन् ।
सो अवसरमा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले गरिबी न्युनिकरण गर्ने उद्धेश्यले गठन गरिएको कोषले विपन्न कृषकहरुको आर्थिक आय स्रोतमा बृद्धि गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो । उहाँले महिला दिदीबहिनीहरुले खाली भएको समयलाई सदुपयोग गरी विभिन्न किसिमका आय आर्जनमा जोडिन आवश्यक रहको. औल्याउर्दै निः शुल्क रुपमा पाएको बिउबाट धेरै भन्दा धेरै तरकारी उत्पादन गरी आर्थिक लाभ लिन आग्रह गर्नुभयो ।
सामुहिक रुपमा योजना ल्याई काम गर्न खोज्ने समुहलाई नगरपालिकाले सहयोग गर्ने बताउदै जग्गा चक्लाबन्दी गरेर खेती गर्न चाहनेलाई यान्त्रिकरणमा सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
महिलाहरु आयमुलक र सीपमुलक कार्यहरुमा सक्रिय बन्न नगर प्रमुख बिना रानाले आग्रह गर्नुभयोे । बार्षिक योजना बनाई महिलाहरुले प्रस्ताव ल्याए नगर सहयोगका लागि तत्पर रहेको समेत बताउनुभयो । नगर प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कृषकहरुलाई नगरको कृषि शाखा सँग समन्वय गरी अगाडि बढन आग्रह गर्दै आईपरेका समस्याहरु समेत राख्न अनुरोध गर्नुभयो । स्थानिय विकास कोषका अध्यक्ष जीवाखर चापागाईले कृषकहरुलाई विभिन्न बालीका बिउ वितरण गर्दै आएको भए पनि सोचे अनुसारको कृषकहरुले लाभ लिन नसकेको बताउनुभयो । सैनामैना मुर्गिया नगरको. सभाहलमा भएको कार्यक्रमको संचालन लक्ष्मी खनालले गर्नुभएको थियो । विउ वितरण कार्यक्रममा वडाध्यक्ष,विभिन्न सामुदायिक संस्थाका पदाधिकारी,सदस्यहरुको सहभागिता रहेको थियो ।