ओली–प्रचण्डसँग देउवाले मागे उपसभामुख

by समतल अनलाइन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख पद कांग्रेसले पाउनुपर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रतिनिधिसभाको उपसभामुख पद कांग्रेसले पाउनुपर्ने देउवाले बताएका हुन् ।

बैठकमा सभापति देउवाले संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा हुनुपर्ने तथा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति कार्यान्वयनमा जोड दिएका थिए । सभापति देउवाले प्रतिनिधिसभाको उपसभामुख कांग्रेसले पाउनुपर्ने कुरा राखेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको भनाइ छ ।

उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ । छलफलका क्रममा राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच भएको साझा सहमतिका बारेमा छलफल भएको नेम्वाङले जानकारी दिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like