डोल्पामा हिमपात रोक्न हिउँमै बसेर पूजा

by समतल अनलाइन

डोल्पा ।उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिनुभयो ।

‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा हिउँ पर्न रोकिएको उहाँले बताउनुभयो । हिमपहिरो खस्दा अन्नबाली तथा जनधनको समेत क्षति हुने गर्दछ ।

हिमपातका कारण उपल्लो डोल्पामा पाँच फिटसम्म हिउँ जमेको र घरबाहिर निष्कनसमेत कठिन भएको स्थानीयले जनाएका छन् ।रासस

 
 
  
 

You may also like