चलचित्र कोहलपुर एक्सप्रेस आईफ्लिक्समा

by समतल अनलाइन

आईफ्लिक्समा नेपाली चलचित्र कोहलपुर एक्सप्रेस हेर्न सकिने भएको छ । यही पुष ७ गतेबाट आईफ्लिक्सका सब्सक्राइबरहरुले चलचित्र हेर्न र डाउनलोट गर्न सक्नेछन् ।

विशाल भण्डारीद्धारा निर्देशित यस चलचित्रले तीनजना महिलाले आफ्नो भाग्य बनाउन गरेको संघर्षको कथालाई चित्रण गरेको छ ।

चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, रविन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

आईफ्लिक्समा शत्रुगते, प्रेमगीत २, वीरबिक्रम, क्री, जात्रै जात्रा, जोनी जेन्टलम्यान, द ब्रेकअप, पण्डित बाजेको लौरीजस्ता उत्कृष्ट चलचित्रहरु पनि हेर्न सकिन्छ ।

त्यसैगरी आईफ्लिक्समा क्रसरोड, सिपाहीकी स्वास्नी, रिजन, थर्ड ल तथा अन्य धेरै ओरिजिनल सामाग्रीहरु पनि रहेका छन् ।

ad
ad

 
 
  
 

You may also like