‘एक्सचेन्ज अफरमा १५ हजार अतिरिक्त मुल्यांकनसहित फाईनान्समा ७ हजार छुट दिन्छौं’

by समतल अनलाइन

तेज भट्टराई प्रबन्ध निर्देशक, बुटवल बाइकर्स प्रालि

 

बुटवल । बुटवल मिलनचोस्थित बुटवल बाइकर्सले पुस ८ गतेदेखि मोटरसाईकल एक्सचेन्ज अफर ल्याएको छ । चार दिन अर्थात् २७ गते सम्म चल्ने यस कार्यक्रमले यस क्षेत्रमा रहेर विभिन्न ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर चलाईरहेको दुई चक्के सवारी धनि लक्षीत गरेको आयोजकको भनाई छ । प्रस्तुत छ यसै सन्दर्भमा समतल अनलाईनले बुटवल बाईकर्सका प्रबन्ध निर्देशक तेज भट्टराईसँग गरेको कुराकानीको सम्पादीत अंशः

यो कार्यक्रम कस्तो हो ? बताइदिनुहोस् न !
यो एक्सचेन्ज कार्यक्रममा जुनसुकै पुराना बाईक तथा स्कुटर हुने ग्राहकहरुलाई उत्कृष्ट मुल्य दिई यामाहाका विभिन्न बाईकहरु चढाउने यस कार्यक्रमको लक्ष्य हो । कार्यक्रम अन्तर्गत आउने ग्राहकहरुले जुनसुकै ब्राण्डका मोटरसाईकल तथा स्कुटर लिएर आएमा त्यसलाई उत्कृष्ट मुल्यांकन सहित यामाहाका नयाँ मोटरसाईकल लिएर जान सक्नुहुने छ ।

केही अफर तथा स्कीमहरु छन् की ?

यामाहाको बाईक तथा स्कुटर किन्दा अन्त कतै नपाउने मुल्य यहाँ पाउनुहुन्छ । मैले यो पनि भन्न चाहन्छु कि बजार मूल्य भन्दा थप १५ हजार धेरै मुल्य ग्राहकहरुले पाउनुहुनेछ । त्यतीमात्रै होईन फाईनन्समा लैजान खोज्ने ग्राहकहरुलाई हामीले ७ हजार रुपैंया छुट दिने निर्णय गरेका छौं । यो अफर बुटवल बाईकर्स भन्दा अन्य कुनै शोरुममा पाउनुहुने छैन ।

यो कार्यक्रम सुरु भईसकेको छ । ग्राहकहरुको आकर्षण कस्तो छ नी ?

यो एक्सचेन्ज कार्यक्रममा ग्राहकहरुको आकर्षण निकै बढेको हामीले बुझेका छौं । जुन अतिरिक्त १५ हजार रुपैंया मुल्यांकन गरि दिने भनेका थियौं त्यो नै ग्राहकको मुख्य आकर्षणको विन्दु बनेको छ । फाईनान्समा खरिद गर्दा अन्य स्थानमा त्यस्तै हेल्मेट र अन्य ऐसेसरीजहरु समेत नदिने अवस्थामा हामीले ७ हजार रुपैंया ‘क्यास डिस्काउण्ट’ दिने भनेकाले पनि हुन सक्छ हामीले ग्राहकको उपस्थिती निकै उत्साहजनक पाएका छौं ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

अन्त्यमा यो आग्रह गर्न चाहन्छु की सबै जना यामाहाको सवारी चढेर हेर्नुहोस् । यामाहाले सबैकुरालाई समेटेको हुनाले त्यसपछि तपाइहरुको पहिलो रोजाईमा यामाहालाई नै पार्नुहुने छ । त्यस्तै अन्त्यमा यो एक्सचेन्ज कार्यक्रममा यामाहाका ग्राहकहरु तथा अन्य व्यक्तीहरु यस कार्यक्रममा आएवापत लक्की ड्रमार्फत् आकर्षक गिफ्ट समेत हामीले प्रदान गर्ने छौं । त्यसैले खरिद गर्दै पर्छ भन्ने छैन । कार्यक्रममा आएकै भरमा हामीले लक्की ड्रमा तपाईको नाम समेत समावेश हुने छ । अनि कार्यक्रममा सहभागि भई सफल बनाउन सबैसँग आग्रह गर्दछु ।

 
 
  
 

You may also like